Skip to content

अडानको ५औँ केन्द्रिय परिषद फागुन २८ मा हुने !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । दर्तावाला लेखापरिक्षकहरुको छाता संगठन नेपाल अडिटर्श एशोसियसन (अडान) को ५औं केन्द्रिय परिषद फागुन २८ मा हुने भएको छ । बिगत झण्डै दुई दशक देखि क्रियाशिल रहेको अडानमा नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्यहरु मात्र सदस्य हुन पाउने व्यवस्था  छ ।
बिगतमा राष्टिय अधिबेसन पछि क्षेत्रिय परिषद गरिने भएपनि संघीयताको कार्यान्वयन पछि सांगठनिक रुपमा पनि परिवर्तन भएको छ । यसैअनुरुप जिल्ला, प्रदेश र केन्द्र गरी तिन तहमा संगठन चलायमान भएको छ । ५औँ परिषद गर्ने संस्थाको निर्णय बमोजिम यसपटक प्रदेश नं २ को जनकपुर, बाग्मती प्रदेशको चितवन र कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश परिषद सम्पन्न भैसकेका छन भने आगामी फाल्गुण १५ गते लुम्बीनी प्रदेशको बुटवल, गण्डकी प्रदेशको पोखरा, सुदुर पश्चिम प्रदेशको धनगढीमा प्रदेश परिषद हुदैछ ।
त्यस्तै यहि फाल्गुण १९ गते काठमाण्डाको अल्फा हाउसमा उपत्यका प्रदेशको र फागुन २२ गते प्रदेश नम्बर १ को बिराटनगरमा प्रदेश परिषद सम्पन्न गरी २०७७ फागुन २८ गते काठमाण्डौको कार्कि बैकटमा केन्द्रिय परिषद हुने कार्यक्रम रहेकोछ । केन्द्रिय परिषदमा बिधान बमोजिम सबै प्रदेश तथा जिल्लाका प्रतिनिधिहरु, र पर्यबेक्षकहरुको उपस्थिती रहने छ । अडानका ६५ जिल्ला कार्य समिति र ८ वटा प्रदेश समिति छन् ।
परिषदमा पाचौ राष्ट्रिय महाधिबेसन भैसकेपछिका १८ महिना भित्र गरेका सांगठनिक एबं आर्थिक गतिबिधिका प्रतिबेदनहरु र जल्दाबल्दा पेशागत मुद्याहरुमा छलफल गरी पारीत गर्ने कार्यक्रम रहेको संस्थाका प्रचार बिभागका संयोजक एबं उपाध्यक्ष डोल प्रसाद दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।