Skip to content

सुवोध कर्णको लविङमा ब्रान्च अडिटको कार्यविधि बन्यो, महाप्रसादको ग्रीन सिग्नलपछी यसरी लागु हुँदैछ…

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकको संचालक भएपछी सिए सुवोध कर्णले सिए प्रोफेसनका लागि उल्लेखनीय काम गरिरहेका । समकक्षा विवाद समाधानदेखि ब्रान्च अडिटसम्मका कुराहरुलाई प्राथमिकताका साथ लविङ गर्दै आएका कर्णकै जोडबलमा बैंक तथा वित्तीय संस्थाको ब्रान्चहरुको अडिटको काम अव चार्टर्ड एकाउन्टेन्टहरुलेपाउने भएका छन् । नमूना संकलन विधिबाट गरिएको सुपरिवेक्षण प्रभावकारी नभएको भन्दै बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाको अडिट गर्नुपर्ने सो कार्यविधिमा प्रस्ताव गरिएको छ ।
नेपाल राष्ट्र बैंकले तयार पारेको उक्त प्रस्ताव यतिबेला रायका लागि चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) र नेपाल लेखामान बोर्डमा पठाइएको छ । आइक्यान र बोर्डबाट राय प्राप्त भएपछि त्यसलाई समेत समेटेर राष्ट्र बैंक सञ्चालक समितिले यसलाई जारी गर्ने बुझिएको छ । यो कार्यविधि लागु भएपछी थुप्रै सिए फर्महरुले राम्रो काम पाउनेछन् भने बैंक तथा वित्तीय संस्थाभित्रको सुपरिवेक्षण पनि निकै गुणस्तरको हुने अपेक्षा गरिएको छ ।
गभर्नर महाप्रसाद अधिकारी पनि चार्टर्ड एकाउन्टेन्ट भएकाले राष्ट्र बैंकमा लविङका लागि थप सहज भएको छ ।
प्रस्तावित कार्यविधिले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, नेपाल लेखामान बोर्ड, राष्ट्र बैंक भएको कमिटीको परिकल्पना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।