Skip to content

सिएहरुलाई भन्दा बढी आरएहरुलाई लाग्यो आइक्यानको चुनाव, ४ पदका लागि १३ जना भिड्दै !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को चुनावका लागि १३ जना दर्तावाला लेखापरिक्षकले उम्मेद्वारी दिएका छन् । ४ पदका लागि १३ जनाले उम्मेद्वारी दिएका हुन् । यसअघि अडानले ४ जनाको नाम सहमतिमा पठाउने गरेको थियो भने खासै बागी उठ्ने गरेका थिएनन् । यद्यपी यसपाली इतिहासमै सबैभन्दा बढी दर्तावाला लेखापरिक्षकहरुको उम्मेद्वारी परेको छ । 
आइक्यानको निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार रामोद ढुंगाना, देवी प्रसाद डल्लाकोटी, भोला नाथ पाठक, बद्रीनाथ भट्टराई, पोषराज नेपाल, राम गोपाल महार्नन, केश बहादुर केसी, शंकर ज्ञवाली, राजेन्द्र कुमार श्रेष्ठ, हिमाराज पौडेल, हरि बहादुर कार्की, माधव प्रसाद पराजुली र हिमालय खत्री रहेका छन् ।
दर्तावाला लेखापरिक्षकको कोटाबाट उम्मेद्वारी दिने केहि दर्तावाला लेखापरिक्षकहरु सहकारीको लेखापरीक्षण गर्दा बिबादमा परेकाहरु पनि छन् । आउँदो जेठ २८ गते हुने चुनावबाट १३ जनामध्ये ४ जना आइक्यानको काउन्सिल सदस्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।