काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को बार्षिक साधारण सभा अरुबेला भन्दा अलि फरक भयो यसपाली । २५ जना भन्दा बढी सहभागी नहुन सरकारले गरेको आग्रहलाई लत्याउँदै शिक्षामन्त्रीकै उपस्थितिमा २५ जना भन्दा बढी सहभागी राखेर कार्यक्रम भयो । कार्यक्रममा कोरोना कहरलाई त बेवास्ता गरिएको थियो नै, कार्यक्रम अव्यवस्थित पनि उस्तै थियो । यसअगाडीका संघका कार्यक्रम निकै व्यवस्थित प्राय: हुने गरेका थिए ।
कार्यक्रम यसै पनि भद्रगोल थियो, त्यहाँमाथि शिक्षामन्त्रीको प्रस्तुतीले कार्यक्रमलाई गम्भीर भन्दा बढी फिक्का बनाईदियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ भन्नेसमेत गतिलो नजान्ने र संघको कतिऔं साधारण सभामा आएको छु भन्ने पनि हेक्का नभएका मन्त्रीले प्रोफेसनको भन्दा बढी आफ्ना कुरा राखे । समय छोटो छ, हतार भइसक्यो भनेर भाषण सुरु गरेका शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ झन्डै ३३ मिनेट भाषण गरे । भाषणका क्रममा उनले प्रोफेसनका कुराभन्दा बढी राजनीतिक कुरा गरे । हुन त उनलाई प्रोफेसनका कुरा नै के पो थाहा थियो होला र । र पनि उनी अलि अस्वाभाविक रुपमा प्रस्तुत भए कार्यक्रममा ।
निकै रमाइलो तर भद्दा पाराले प्रस्तुत भएका मन्त्रीले सिएहरुलाई कोरोनाको औषधि के हो भनर पनि सिकाउन भ्याए । सिएको क्वालिफिकेसनको समकक्षताको विषयमा उनले आफु निकै सकारात्मक भएको टिप्पणी त गरे, तर यसमा पनि उनले समस्याको समाधान भन्दा पनि आफ्नो बखानमा बढी केन्द्रित भएको भान दिलाए ।
कार्यक्रममा उनले कोरोना कहरलाई बेवास्ता गर्दै २५ जना भन्दा बढी सहभागी भएकोमा आफैंमाथि प्रश्न उठेको भने स्वीकारे । अलि असान्धर्भिक उदाहरण दिंदैन उनले ‘जस्तो खाए त्यस्तै आउँछ, कालो अंगुर खाएर सेतो आउँछ ?’ भन्दै वातावरणलाई गम्भीर भन्दा बढी मजाक बनाए । समग्रमा एक्यानजस्तो गरिमामयय संघले छनोट गरेको प्रमुख अथिति गलत भएको धेरैले भान गरे । यतिसम्मकि शिक्षामन्त्रीको भाषणले कार्यक्रममा उपस्थिति भएका गभर्नर लगायतका गम्भीर व्यक्तिको उपस्थितिलाई पनि न्याय नगरेको विश्लेषण गरे धेरैले ।
कार्यक्रममा सम्बोधनका क्रममा शिक्षामन्त्रीले गभर्नर सिए महाप्रसाद अधिकारीलाई महाप्रसाद लामिछाने भनिदिए । एक्यानको नामसेमत सहि तरिकाले उच्चारण गर्न सकेनन् । कार्यक्रम केन्द्रित भन्दा पनि आउट अफ ट्रयाक भयो उनको भाषण । हेरौं संघको साधारणसभामा शिक्षामन्त्रीले गरेको भाषणको सम्पादित अंश:
प्रतिक्रिया दिनुहोस्