Skip to content

हार्ने निश्चित भएपछी हरि कुमार सिलवाल आइक्यानको चुनावबाट पछी हटे, सिएतर्फ अव १६ जनामात्र उम्मेदवार !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को चुनावका लागि १७ सिएले उम्मेद्वारी दिएकोमा हरि कुमार सिलवालले उम्मेद्वारी फिर्ता लिएका छन् । चुनाव हार्ने लगभग निश्चित भएपछि उनी ब्याक हटेका हुन् । यसो त उम्मेद्वारी दिएकै दिन उनले ‘फिर्ता लिने समय कहिलेसम्म हो ?’ भनेर फर्म लिएको चर्चा चलेको थियो । अन्तत: आखिर त्यस्तै भएको छ ।
उनी चुनावमा उठेको खण्डमा उनले यसअघि ४ भोट ल्याएका अनलराज भट्टराईलाई जित्छन् कि जित्दैनन् होला भन्ने चर्चा चलेको थियो । सिलवालले चुनावमा हार्ने कुरा लगभग निश्चित थियो । एक्यानको अध्यक्ष नहुँदासम्म धेरैका प्रिय पात्र बनेका सिलवाल एक्यानमा पुगेपछि ‘काम नगर्ने र लिडरशिप नभएका सिए’का रुपमा धेरैले विश्लेषण गर्ने पात्र बनेका थिए ।
उनले उम्मेद्वारी फिर्ता लिएसँगै सबैभन्दा सहज युद्धराज ओली र सुजन काफ्लेलाई भएको छ । हरि सिलवालसँग भएका ८-१० भोट अव यिनै दुई सिएहरुले पाउनेछन् ।
अव आइक्यानको चुनावमा आइक्यानका हालका उपाध्यक्ष युद्ध राज ओलीसहित १६ जना भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।