Skip to content

शिक्षामन्त्रीलाई एमालेकै नेताहरुले सोधे, ‘त्यो सिएहरुको कार्यक्रममा जथाभावी किन बोलेको ?’

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल  चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ३६ औं बार्षिक साधारणसभामा शिक्षामन्त्रीले दिएको अभिव्यक्ति विवादित बनेको छ । मन्त्री कृष्ण गोपाल श्रेष्ठले उक्त साधारणसभामा ‘विद्यार्थीहरु स्कुलमै सुरक्षित भएकाले विद्यालय बन्द गर्नु नपर्ने अभिव्यक्ति दिएका थिए । तर सरकारले आज १४ जिल्लाका सबै विद्यालयहरु बन्द गर्ने निर्णय मन्त्रीपरिषदबाट गर्ने भएपछी (सो निर्णय भईसकेको छ) अन्य नेता र केहि मन्त्रीले शिक्षामन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे उनीसँग सोधेका थिए ।
सो भिडियो अर्थ सरोकार डटकमको टिकटक च्यानलमार्फत भाइरल भएपछी मन्त्रीलाई अन्य मन्त्री र नेकपा एमालेका नेताहरुले ‘त्यस्तो पनि बोल्ने हो ?’ भन्दै सोधेको एक नेताले सिए सरोकारलाई बताएका छन् । सो भिडियो एकाएक भाइरल भएपछी मन्त्रीको तिब्र आलोचना भएको छ  । 
शनिबार संघको कार्यक्रममा मन्त्रीले निकै आक्रामक र निकै हल्का अभिव्यक्ति दिएका थिए।     
  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।