
- सिए सरोकार सम्बाददाता
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट हुमनाथ गुरुङ्गको निधन भएको छ । केही समययता उनी अस्पतालमा उपचारत थिए । सोही क्रममा सिए गुरुङ्गको जेठ १५ गते शनिबार असमायिक निधन भएको हो । उनको निधनमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
एक्यानले सामाजिक संजालमा लेखेको छ ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य सिए हुमनाथ गुरुङ्ग ज्यूको गए राती मिति २०७८ साल जेस्ठ १५ गतेको असमायिक निधनले सम्पुर्ण चार्टर्ड एकाउन्टेन्ट परिवारलाई स्तब्ध तथा मर्माहत बनाएको छ । संघले एक निस्ठावान सदस्य गुमाएको छ। सोक सन्तप्त परिवारजनमा हार्दिक समबेदनाका साथ दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले आफ्ना आज तय भएका सम्पुर्ण औपचारिक कार्यक्रम स्थगित गर्दै आज मिति २०७८ साल जेष्ठ १६ गतेका दिन संघका सम्पुर्ण कार्यलयहरु बन्द गरिने निर्णय गरेको अवगत गराउदछौं ।’
प्रतिक्रिया दिनुहोस्