Skip to content

वर्षौको लडाईपछि अन्तत: लेखापरीक्षणमा ‘एक व्यक्ति एक पेसा’ लागू, जागिर खाने दर्तावाल लेखापरीक्षकले अडिट गर्न नपाउने !

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । वर्षौको लडाईपछि अन्तत? लेखापरीक्षणमा ‘एक व्यक्ति एक पेसा’ लागू भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले साउन १ गतेदेखि लागू हुने गरी सरकारी वा निजी संघसंस्थामा जागिर गर्ने कर्मचारीले लेखापरीक्षण गर्न नपाउने व्यवस्था लागु गरेको हो ।
जागिर खाने दर्तावाल लेखापरीक्षणमा सक्रिय रहेको गुनासो वर्षौदेखि आइरहेको भन्दै आईक्यानले यस्तो व्यवस्था लागु गरेको हो । यद्यपि चार्टर्ड एकाउन्टेन्टको हकमा भने यसअघि नै लेखापरीक्षण गर्न नपाउने व्यवस्था थियो । यता नेपालअडिटर्स एसोसिएसन (अडान) ले भने आईक्यानको यो व्यवस्थाको विरोध गरेको छ ।
अडानको विज्ञप्तिमा ‘चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको परिषद्ले साउन १ बाट रजिस्टर्ड अडिटरका लागि ‘एक व्यक्ति एक पेसा’ को नीति लागू हुने गरी सूचना प्रकाशन गरेको सम्बन्धमा एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।