Skip to content

बोटलर्सले पायो जनरल सेक्टरतर्फको सर्वोत्कृष्ट अवार्ड, चिलिमे हाइड्रोपावर र नेपाल क्लियरिङ हाउस भए फर्ष्ट रनरअप

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले प्रत्येक बर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) मा जनरल सेक्टरतर्फको सर्वोत्कृष्ट अवार्ड बोटलर्स नेपालले पाएको छ भने सो विधामा चिलिमे हाइड्रोपावर र नेपाल क्लियरिङ हाउस विधागत फर्ष्ट रनरअप भएका छन्।
सोहि अवार्डमा फाइनान्सियल सेक्टरअन्तर्गतको सर्वोत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेर मुक्तिनाथ विकास बैंकले अवार्ड हात पारेको छ भने सो विधामा लुम्बिनी विकास बैंक फर्ष्ट रनरअप भएको छ । आईक्यानले सन् २००३ देखि यो अवार्ड वितरण गर्दै आएको छ । होटल रेडिसनमा आयोजित एक कार्यक्रमकाबीच आइक्यानका अध्यक्ष सिए मदन शर्माले बिजयीहरुलाई सो अवार्ड प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।