Skip to content

क्यान्डिडेट वाच-२ : भावी उपाध्यक्षका दाबेदार पियुष आनन्दलाई भोट किन दिने ? किन नदिने ?

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।

को हुन् पियुष आनन्द ?
बजारले सहज रुपमा बुझेको उनको परिचय भनेको आइक्यानका पूर्व अध्यक्ष र नेपाली सिए क्षेत्रमा सबैभन्दा प्रभाव जमाउने सिए सुबोधलाल कर्णका सहोदर भतिज हुन् पियुष आनन्द । हाल उनी प्राक्टिसमा छन्। यसअघि आइक्यानमा झन्डै उपाध्यक्ष भईसकेका उनले अन्तिम समयमा आएर आफ्नो उम्मेद्वारी छोडेका थिए । यसपटक चुनाव जितेको खण्डमा उनलाई उपाध्यक्ष बनाइने जेन्टल एग्रीमेन्ट छ । तर आइक्यानको जेन्टल एग्रीमेन्टको खासै भर भने हुन्न । त्यसैले उनले उपाध्यक्ष पद हात पारिहाल्लान् भन्ने कन्फर्मचाहिं छैन । यसका लागि पहिला उनले चुनाव जित्नुपर्यो । बजारमा सुबोध कर्णसँगको सम्बन्ध बिग्रिएका सिएका रुपमा परिचय बनाएका उनलाई यसपटक सुबोध कर्णले साथ दिएको चर्चा थियो । तर कर्ण अन्तिम समयमा आएर अरु नै उम्मेदवारको प्यानलमा रहेको प्रष्ट देखिन्छ । तर उपाध्यक्षको क्यान्डीडेट भएका कारण पनि उनले अघिल्लो बर्षको तुलनामा सार्है ठुलो मेहेनत भने गरेका छन् ।
तर,
बजारमा चर्चा छ, अघिल्लो चुनावमा सहयोग गरेका साथीहरुमध्ये कतिलाई त उनले यो चुनाव आएपछि मात्र सम्झेका छन् । यो बीचमा उनी आफ्नै लयमा मात्र लागे। यहि कारण केहि साथीहरु उनीसँग बिच्केका पनि छन् । लिडरशिप क्वालिटी औसत भएको विश्लेषण गरिएका आनन्दले यसपाली चुनाव जितेको खण्डमा भने आइक्यानको नेतृत्व सम्हाल्ने सम्भावना ठुलो छ । तर उनी एकदम सहज जीतको स्थितिमा भने छैनन् । खास ठुला एजेन्डा भन्दा पनि आइक्यान लिड गर्ने उनको रहर छ ।
पियुष आनन्दलाई भोट किन दिने ? किन नदिने ?
पियुष आनन्दले यसअघि पनि आफुलाई आइक्यानको उपाध्यक्षका रुपमा प्रस्तुत गरिसकेकाले अव उनी उपाध्यक्षको लाइनमा छन् भन्ने प्रष्ट छ । सपना देख्नु र लाग्नु र लाग्नका लागि लाग्नु फरक कुरा हो। उनी सपना देखेर नै चुनावमा होमिएका छन्। त्यसैले उनलाई भोट दिएर आइक्यानमा उनको नेतृत्व देख्न चाहानेले उनलाई सपोर्ट गर्नुपर्छ । अर्को कुरा भनेको उनी विद्रोहका रुप हुन् । सुबोध कर्णसँग सम्बन्ध चिस्याएर आइक्यानको लिड गर्छु भनेर सोच्नु नै विद्रोहको ठुलो रुप हो । कहिलेकाहीं यस्तो विद्रोही स्वभावका व्यक्ति ठाउँमा पुग्दा कायापलट पनि हुन सक्छ । त्यसकारण पनि उनलाई भोट दिनुपर्छ भन्छन् उनी निकटहरु ।
तर आनन्दको समस्या भनेको पनि युद्ध ओलीको जस्तै छ। उनी पनि आफ्नो मान्छे को ? पराई को ? भन्ने कुरा सहजै छुट्याउन नसक्ने सिए हुन्। अहिले पनि उनीसँग मतदाताको इन्फर्मेसन लिएर उनकै साथीहरुले सो विवरण अरुलाई दिइरहेका छन्। पछिल्लो समय त उनको भोट उनी निकटहरुले नै भकाभक काटिरहेका छन् । आफ्नै मान्छे नचिन्नेले आइक्यानमा कस्तो नेतृत्व गर्ला भन्ने तथ्य सोच्नुपर्ने आवश्यक छ ।
समग्रमा,
उनले चुनाव अन्तिम अन्तिम तिर जित्ने देखिन्छ । थप सटिक भएर भन्दा उनी कन्फर्म जित्ने लिष्टमा पनि छैनन्, कन्फर्म हार्ने लिष्टमा पनि छैनन् । तर हारे ठुलो मौका गुम्ने देखिएको छ र जिते उनी आइक्यानको नेतृत्व तहमा पुग्ने पक्कासमेत छ ।

प्रतिक्रिया दिनुहोस्