
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् छेत्र गोपाल प्रधान ?
छेत्र गोपाल प्रधान आइक्यानका प्रोडक्ट हुन् । आइक्यानमा विद्यार्थीदेखि क्वालिफाइड हुँदासम्म आइक्यानका समस्याहरु बुझेका प्रधान यसपटक आइक्यानको चुनावमा उठ्दैछन् । यसो त यसअघि पनि उनी चुनाव लडेका थिए । तर अन्तिम समयमा आएर थुप्रै भोट सहमतिमा सुरेन्द्र श्रेष्ठलाई बाँड्दा उनी थोरै मतले पराजित हुन पुगेका थिए । अझ स्पष्ट भन्दा सुरेन्द्र श्रेष्ठको गलत हिसाब र बजारमा उनलाई हराएरै छाड्ने अठोट लिएका केहिको पहलका कारण उनले चुनाव हारेका थिए । उनी हाल प्राक्टिसमा छन् । उनी आइक्यानका समेत अडिटर हुन् ।
केहि समय अघिसम्म प्याच्च बोल्ने बानी भएका प्रधानले अहिले सो बानी ९९ प्रतिशत सुधारीसकेका छन् । एक पटक हारेपछि उनी साँचो अर्थमा नेता बनेका छन् । अहिले सबैलाई मिलाएर लैजाने क्षमता भएका उनी इमान्दार सिएको परिचयमा आफुलाई दर्ज गराउन सफल भएका छन् । चुनाव हारेपछि पनि आइक्यानका विभिन्न मुद्धामा उनी सक्रिय देखिएका थिए । त्यसैले पनि उनलाई साथ दिनेहरुको संख्या यसपटक ठुलो छ ।
अघिल्लो पटक साथीको हिसाब बिग्रिदा चुनाव हारेका कारण पनि उनलाई थुप्रैको सकारात्मक साथ छ । त्यसैले पनि उनी चुनाव जित्नेहरु लिष्टमा छन् ।
तर,
अघिल्लो पटक हिसाब बिग्रिएजस्तै उनका थुप्रै भोटरहरु यसपटक पनि अन्य उम्मेदवारहरुले सुटुक्क चोरीसकेका छन् । उनको कमजोरी भनेको उनले यसको भेउसमेत पाएका छैनन् । यसकारण पनि उनका भोटरहरु काटीईरहेका छन् । उनी काउन्सिलमा पुगे भने अरु केहि नगरे पनि आइक्यानका मुद्धाहरु राम्रैसँग राख्छन् भन्ने कुरामा ढुक्क हुन सकिन्छ ।
छेत्र गोपाल प्रधानलाई भोट किन दिने ? किन नदिने ?
नेता त्यो हो, जसले हारेर पनि आफुलाई साथ दिनेहरुको मन जित्छ । प्रधानले यो बीचमा आफुलाई त्यस्तै नेताका रुपमा चित्रण गर्न सफल भएका छन् । चुनाव हारेपछि पनि आइक्यानका पक्षमा उनी निरन्तर लागिरहे । आफुले चुनाव हारेको कारण विश्लेषण गरेर उनी अगाडी बढे । प्याच्च बोल्ने बानी सुधारे । यतिसम्म कि कुनै बेला छेत्रलाई जसरी पनि हराउने हो भनेर लाग्नेहरु अहिले छेत्रले कुनै हालतमा जित्नुपर्छ भनेर लागेका छन् । कसैलाई यसरी परिवर्तन गराउन सक्नु ठुलो क्षमता हो । उनी सहि अर्थमा नेता बनेका छन् ।
यसपाली पनि आइक्यानको उपस्थिति सून्य बनाउने चलेखेल बढेको छ बजारमा । त्यसैले पनि उनलाई भोट दिएर आइक्यानमा आइक्यानको उपस्थिति राम्रो बनाउनुपर्छ भन्ने आवाज बुलन्द बनिरहेको छ । त्यसैले पनि आइक्यानका थुप्रै सिएहरुको उनको पक्षमा लागेका छन् ।
समग्रमा,
छेत्र गोपाल प्रधानले यसपटक चुनाव जित्ने सम्भावना ठुलो छ । किनकि उनले आफु हार्नुको कारण पनि पहिलाईसकेका छन् र सोहि अनुसार मेहेनत गरेका छन् । उनका साथीहरुले पनि उनीमाथि अघिल्लोपटक नमज्जाको अन्याय भएको बुझेका छन् । त्यसैले पनि उनको भोटर संख्या बढीरहेको छ । तर चुनाव न हो के नै भन्न सकिन्छ र ! अहिले उनलाई उनकै भाषामा ‘भिन्तुना’ मात्र भन्न सकियो ।
प्रतिक्रिया दिनुहोस्