Skip to content

क्यान्डीडेट वाच-९ : आउला त सतिशचन्द्र लालको डबल डिजिट भोट ?

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।

को हुन् सतिश चन्द्र लाल  ?

सतिश चन्द्र लाल पूराना सिए हुन्।  हाल उनी प्राक्टिसमा छन् । अनुशासन समितिमा कारवाहीको लागि अनुसन्धान प्रक्रियामा रहेका विवादित महेश खनाल उनका प्रस्तावक हुन् । चुनाव कसले कन्फर्म हार्छ भनेर कसैले सोध्यो भने पहिलो नाम उनकै आउँछ । तर उनले केहि बर्ष अगाडी  अनल राज भट्टराईले ल्याएजस्तो ४ भोटमात्र ल्याउँछन् कि डबल दिजिट भोट आउला भन्ने विषय भने सबैको पर्खाईको विषय बनेको छ । त्यामाथि जय नारायण प्रतिहस्तले पनि उनको भएका भोट पनि काटेको काट्यै छन् । भलै उनी निकै सिनियर सिए हुन् ।
सतिश चन्द्र लाललाई भोट किन दिने ? किन नदिने ?
यो विषयमा धेरै लेख्नै पर्दैन । आइक्यानको चुनावमा उठ्नु नै उनको एक खालको जित हो । हार्छु भन्ने जान्दाजान्दै पनि सिनियरको नाम राख्नलाई चुनावमा  होमिएका उनको सम्मानमा भोट  हाल्दा फरक पर्दैन ।
तर भोट  खेर फाल्नु भन्नेले उनलाई भोट दिंदैनन् ।

समग्रमा,
उनको जीत सार्है कठिन छ । 

प्रतिक्रिया दिनुहोस्