Skip to content

क्यान्डीडेट वाच-१० : ‘एजेन्डा माष्टर’ सुजन कुमार काफ्लेले चुनाव जित्ने सम्भावना कति छ ?


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।

को हुन् सुजन कुमार काफ्ले  ?

सुजन कुमार काफ्ले हाल प्राक्टिसमा रहेका सिए हुन् । आइक्यानको गत चुनावमा प्रकाश लम्साललाई आवश्यकभन्दा बढी विश्वास गर्दा चुनाव हारेका काफ्लेले यसपटक निकै मेहेनत गरेका छन्। अझ सटिक रुपमा गत चुनाव हारेको केहि समयपछि नै उनले अर्को चुनावको तयारी थालिसकेका थिए । आफ्नाले साथ नदिएर मात्रै हो, एजेन्डा हेर्ने हो भने उनी एजेन्डा माष्टर नै छन् । आइक्यानमा सिएहरुको स्कोप बढाउनका लागि उनले धेरै सोचेका छन् । बिगत लामो समयदेखि प्राक्टिसमा रहिरहेका उनीसंग यस अघि कर प्रशासनमा रहेर काम गरेको अनुभव पनि छ ।  
धेरै चोट खाईसकेको भएर होला, यसपटक उनले राम्रो मेहेनत गरेका छन् । यसपटकको उनको राम्रो पक्ष भनेको उनले आफ्नैमेहनतलाई बढाएका छन् । धेरैसम्म पुग्ने प्रयास गरेका छन्।  चुनावको राम्रो तयारी गरेका छन् उनले । यसपटक आइक्यानमा गएर अन्तिमपटक सेवा गर्ने धोको छ उनको।  चुनाव जितेको खण्डमा उनी आइक्यानको नेतृत्वकोसमेत दाबेदार हुन् ।    

सुजन कुमार काफ्लेलाई भोट किन दिने ? किन नदिने ?

सुजन कुमार काफ्लेले अघिल्लो पाला नै चुनाव जित्थे। तर उनलाई आफ्नैले भोट हालेनन् । आइक्यानका उम्मेदवारहरुमध्ये राम्रो एजेन्डा बोकेर हिंडेका सिएहरुमध्येका एक हुन् काफ्ले । कसैले आफ्नो वा पराई नभनी एजेन्डा हेरेर भोट हाल्ने हो भने, त्यो लिष्टमा सुजन काफ्ले अगाडी नै आउँछन् । सिएको स्कोप बढाउनेदेखि आइक्यानलाई बलियो बनाउनेसम्मका एजेन्डा छन् उनीसंग।  अरु सिए र उनीबीच के फरक छ भने अरुसंग पनि एजेन्डा छन, तर उनीसँग एजेन्डा पूरा गर्ने भिजनसमेत छ ।  
यसपटक सुबोध कर्णजतिको मान्छेलेसमेत साथ दिएका हुनाले पनि उनले चुनाव जित्ने सम्भावना छ ।
तर कुरो उही, उनी आफु ठिक भए पनि उनको संगत खास गतिलो छैन।  संगत नै हेर्ने हो भने न आश गर्ने ठाउँ छ, न भोट दिने आधार छ । तर यो पक्षलाई सुधार्ने हो भने उनी साच्चै नेता हुन सक्छन्।   
समग्रमा,
उनको जीतको सम्भावाना अलि तल तर औसत छ । अन्तिम समयमा मेहेनत गरे र अझै केहि न्युटरल भोट आफ्नो बनाउन सके उनले चुनाव जित्छन् । यद्यपी यो भोट कसको हो भन्ने नै नचिन्ने समस्या भने उनमा छ ।   

प्रतिक्रिया दिनुहोस्