Skip to content

क्यान्डीडेट वाच-१२ : जेएन प्रतिहस्तको चुनाव जित्ने सम्भावना कति छ ?

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् जय नारायण प्रतिहस्त ?
जय नारायण प्रतिहस्त हाल प्राक्टिसमा रहेका सिए हुन् । यसअघि एक्यानको महासचिवमा समेत हार व्यहोरेका प्रतिहस्ताले यसपटक आइक्यानमै जाने रहर गरेका हुन् । तर उनले चुनाव जित्ने सम्भावना निकै कम छ। यसै पनि उनले चुनाव जित्न त गाह्रो छ नै, बरु उनका कारण सतिश चन्द्र लालका भोटसमेत काटिएका छन् । चुनाव हार्ने सम्भावना अत्याधिक भएका २ उम्मेदवारहरुको नाम कसैले लियो भने त्यहाँ आउँछ सतिश चन्द्र लाल र जयनारायण प्रतिहस्त । उनले आफ्नो हिसाबले सार्है मेहेनत गरेको भएपनि उनले चुनाव नै जित्नेगरी भोट बटुल्न सक्ने स्थिति भने छैन । काममा राम्रो पर्फर्मेन्स भएपनि राजनीति नबुझ्दा उनी यसपटक पनि हार व्यहोर्ने सिएका रुपमा प्रस्तुत हुने लगभग निश्चित छ ।
यद्यपी लडाई लडिसकेपछि हार मान्ने कुरा भएन । उनलाई यसपाली शुभकामना बाहेक केहि भन्न सकिने अवस्था छैन ।
जेएन प्रतिहस्तलाई भोट किन दिने ? किन नदिने ?
जेएन प्रतिहस्त यस्ता उम्मेदवार हुन्, जसलाई भोट दिएर काउन्सिल मेम्बर बन्न भोट दिनु नै पर्ने कारण पनि छैन। नदिनुपर्ने कारण पनि छैन । दिनुपर्ने कारण यस अर्थमा छैन कि उनको तयारी एकदम फितलो छ र लगभग उनले चुनाव हार्ने देखिईसकेको छ । नदिनुपर्ने कारण यस अर्थमा छैन कि उनी आइक्यानकै प्रोडक्ट पनि हुन् र उनमा राम्रा एजेन्डा पनि छन् ।
समग्रमा,
उनको चुनावी स्थिति चिन्ताजनक नै छ। भलै रात रहे औराख पलाउँछ भन्छन्। यो समाचार तयार गर्दासम्म रात अझै बाँकी नै छ, हेरौं समयले कस्तो कोल्टे फेर्छ वा यसै रहन्छ।

प्रतिक्रिया दिनुहोस्