Skip to content

क्यान्डीडेट वाच-१४ :भास्करलालाको जितको सम्भावना कति ? साकार होला त अध्यक्ष बन्ने पूरानो धोको ?

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् भाष्करसिह लाला ?
भाष्कर सिंह लाला प्राक्टिसमा रहेका सिए हुन् । उनी बिगतमा पनि आइक्यानमा काउन्सिल मेम्बर थिए । उपाध्यक्ष बन्न खुब मेहेनत गरे पनि सफल नभएका उनले अघिल्लो पटक त चुनाव नै हारे । तर उनले हार खाएनन् । यसपाली पनि उनी चुनावमा उठेका छन् र उनको जोड यसपाली पनि उपाध्यक्ष हुँदै अध्यक्ष बन्ने छ । यसपाली चुनाव जितेको खण्डमा उनी उपाध्यक्षमा पक्काजस्तै छन्। यसका लागि उनले आरएहरुबाट कमिटमेन्ट पाइसकेको बुझिएको छ । लामो समयदेखि उनी प्राक्टिसमा सक्रिय मात्र छैनन्, उनलाई प्रोफेसनमा दमदार सिएका रुपमा चिनिन्छ ।
बोल्दा मुखमै मु* लगायतका अश्लील शब्द खुब झुण्डीने भएपनि उनको काममा एकदम पक्का छन् । थुप्रै पटक अध्यक्ष बन्ने रहरमा जोड गरेका उनीसँग अरु भन्दा पूरानो सपना छ । यसपाली उनी चुनावमा पनि बलिया पात्रका रुपमा देखिएका छन् ।
तर यो समाचार तयार गर्दासम्म चुनाव सुरु हुनै लागेको छ र उनका भोट आज राती धेरै काटिएका छन् । त्यसैले एकदम कम्फर्टमा उनले चुनाव जित्लान भन्नचाहिं सकिन्न ।
भाष्कर लालालाई भोट किन दिने ? किन नदिने ?
सिएमा पनि धेरै पटक फेल भएर पनि परिक्षा दिन नछोड्ने मान्छे नै पास हुने हो । भाष्कर लाला त्यस्तै धैर्यताका पर्याय हुन् । उनको सो धैर्यताको सम्मानमा पनि एक भोट दिंदा फरक पर्दैन। उनी यसपाली आइक्यानको नेतृत्वमा पुग्ने लगभग पक्का छ । उनलाई यसपाली सहयोग गर्नु नै सबैको हित हुन्छ । यतिको धैर्यवान सिएले आइक्यानको नेतृत्व गर्दा राम्रै हुन्छ भन्ने कुरा हो ।
अव उनको एकोहोरो शैली, मान्छे नगन्ने स्टाइल र बोलीको शैली हेर्ने हो भने त उनलाई भोट दिन मन नलाग्नु पनि सामान्य नै हो ।
समग्रमा
उनको चुनावी स्थिति ठिक छ। उनी चुनाव जित्ने उम्मेदवार नै हुन् ।

प्रतिक्रिया दिनुहोस्