Skip to content

क्यान्डीडेट वाच-१५ : पूराना र मेधावी अमन, चुनाव जित्लान् वा होला बहिर्गमन ?

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।


को हुन् अमन उप्रेती ?

अमन उप्रेती पूरा सिए हुन् । उनी हाल प्राक्टिसमा छन् । यसअघि एक्यानको चुनाव हारेपछि एकाएक हराएका उप्रेती हाल आइक्यानको चुनावमा उठ्दैछन् । काममा मेधावी छन् अमन । तर उनको चुनावी तयारी उनले भन्दा बढी उनका साथीहरुले गरिदिएका छन् । यो समाचार तयार गर्दासम्मको स्थितिमा उनी जित नजिक छन् । तर अन्तिम दिन भाष्कर लालाको जस्तै उनको भोट पनि नमज्जासँग काटिएको छ । त्यसकारण पनि उनको जीतबारे त्यसै भन्न सकिन्न । उनी आइक्यानमा जानुपर्ने सिए भने पक्कै हुन् । एजेन्डा खास नभए पनि उनी उठेका अरु औसत सिएहरुभन्दा कम छैनन् । प्राक्टिसका समस्या बुझेका छन् । ठाउँ पाए राम्रो पर्फर्म गर्न सक्छन अमन ।

तर बजारमा यति धेरै चुनाव लाग्दा पनि उनी एकोहोरो रुपमा मात्र चुनावमा लागे। उनी सबै मतदातासम्म पुग्न सकेनन्। यसले पनि उनलाई ब्याक फायर भएको छ । त्यसमाथि बजारमा एउटा झुण्ड आफ्नो उम्मेदवारले बरु हारोस्, अमनले जित्नु हुँदैन भनेर लागेको छ । यस्तो काम उनका लागि पक्कै भारी बन्न सक्छ ।

अमन उप्रेती भोट किन दिने ? किन नदिने ?
उनी चुनाव जिते आइक्यानमा राम्रोसंग लाग्छन, यसकारण उनलाई भोट दिन आवश्यक छ । तर उनी हारे भने हराउँछन् । एक्यानमा उनको बिगत यस्तै छ । जितेमात्र सिए क्षेत्रको सम्मान गर्ने व्यक्ति राम्रो नेता हुन सक्दैन। यस्तो सोच्ने मान्छेले उनलाई भोट दिंदैनन ।

समग्रमा
उनी जित्ने उम्मेदवार हुन्। तर अन्तिम दिन उनको भोट काटिएको रफ्तार हेर्ने हो भनेचाहिं यसै भन्न सकिने अवस्था रहेन ।

प्रतिक्रिया दिनुहोस्