Skip to content

आइक्यानको चुनाव : पीके झा बिजयी !

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं काउन्सिलको चुनावमा पीके झा बिजयी भएका छन् । आइतबार र सोमबार सम्पन्न सो चुनावमा झा जित हाँसिल गर्न सफल भएका हुन् । उनले अन्तिम नम्बरमा जित हाँसिल गरेका हुन् ।  
झासँगै सन्तोष काफ्ले, पियुष आनन्द, युद्धराज ओली, भाष्कर लाला, सन्तोष काफ्ले, राम चन्द्र खनाल, छेत्र गोपाल ध्वजु, सुजन श्रेष्ठ, प्रविन कुमार झा र सुरेन्द्र श्रेष्ठले आइक्यानको चुनावमा जीत हात पारेका छन् ।
कुल १० पदका लागि चुनावमा १६ जना भिडेका थिए । जसमा कुनाल क्याल, सन्तोष लम्साल, जयनारायण प्रतिहस्त, सतिश चन्द्र लाल, बिनय प्रकाश श्रेष्ठ, र अमन उप्रेतीले चुनाव हारेका छन् । यी मध्ये पनि कुनाल कयालको सबैभन्दा लज्जास्पद हार भएको छ । सिंगो एक्यानको नेतृत्व गरिरहेका आनन्द शर्माको समूहको समर्थनमा उठेका कयालको हारलाई विशेष अर्थका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।