
यता स्नातक तहमा विद्यार्थीहरूले समकक्षता पाउने भए पनि स्नातकोत्तर तहको हकमा भने समकक्षता दिने/नदिने भन्ने अझै टुङ्गो लाग्न लागेको छैन । सम्बन्धित विषयका डिन नभएको कारण स्नातकोत्तर तहको विषयमा टुङ्गो नलागेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
सीए पढेर क्रेडिट ट्रान्सफर भएका विद्यार्थीले मात्र समकक्षता पाउँनेछन् । सीए विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयले समकक्षता रोकेको भन्दै लामो समयसम्म आन्दोलित बनेका थिए । उनिहरुले केहिसमय अघिमात्रै रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दीसमेत गरेका थिए । यस्तै त्रिभुवन विश्वविद्यालयले समकक्षता दिएसंगै आफूहरू खुसी भएको विद्यार्थीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्