Skip to content

लेखापरिक्षकहरुको राष्ट्रिय सम्मेलनमा अर्थमन्त्रीले भने- ‘ मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरिक्षण गर्ने बेला भयो’

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको राष्ट्रिय सम्मेलनमाअर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरिक्षण गर्नु पर्ने आवश्यकता भएको बताएका हुन्। उनले मुलुकको विभिन्न क्षेत्रमा लेखापरिक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नुपर्ने बताए । 
मुलुकभित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परिक्षण गर्नुपर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परिक्षकहरुलाई परिक्षण गर्न आग्रहसमेत गरे । कार्यक्रममा बोल्दै उनले उनले यस्तो कुराहरुको लेखा परिक्षण नगरी राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताए । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परिक्षण गर्न जरुरी रहेकोसमेत दोहोर्याए । 
‘अब हामीले राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको हुनाले यहाँहरुको ध्यान त्यतातिर केन्द्रित गर्न चाहान्छु । हामी हाम्रो राष्ट्रको कति हो सम्पत्ति लेखा परिक्षणवालाहरुले परिक्षण गर्नु पर्ने बेला भयो । विभिन्न क्षेत्रको लेखा परिक्षण गरेर अब राष्ट्रको सम्पत्ति यति हो भनेर भन्न सक्नुपर्छ । हाम्रा हिमालहरु,तराई,पहाड, नदिहरु र हाम्रो झरणाहरुको मूल्य कति हो । हाम्रा श्रमिकहरु, युवाबहुल श्रमिकहरुको मूल्य कति हो ?त्यसको मूल्य पहिचान गरेर लेखा परिक्षण गर्नु पर्ने बेला भएको छ ।’ उनले भने । 
अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परिक्षण गर्नु पर्ने बेला भएकोसमेत बताएका छन् । उनले विगतमा लेखापरिक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएकोतर्फ जोड दिंदैअब मुलुकको गरिबीको लेखा परिक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने तर्क गरे । कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखापरिक्षण गरिएन भने थप चुनौती बढ्दै जानेबताउंदै उनले मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परिक्षण गर्नुपर्ने तर्क गरे ।
‘मुलुकमा गरिबी किन छ । बहुआयामिक रुपमा गरिबी किन छ यसको लेखा परिक्षण गर्ने बेला भएको छ। त्यसको त्रुटि पत्ता लगाउनु प¥यो । लेखा परिक्षण गर्दा कहाँ पल्समा माइनस भयो । कहाँ शुन्य राखियो । आज मुलुकको गरिबीको लेखा परिक्षण गरिएन भने गरिबी अन्त्य गर्न सक्दैनौं । आज हामीले व्यापार घाटाको कुरा गरि रहेका छौं । बिओपी घाटामा गएको कुरा गरेका छौं अब हामीले त्यसको लेखा परिक्षण गर्नु पर्ने बेला भएको छ । कहाँ गल्ती भयो कहाँ इमानदारितामा लुज भयो वा भुलचुकमा भयो । त्यो कुराको लेखा परिक्षण गर्नु पर्ने बेला भएको छ। त्यसको लेखा परिक्षण गर्न सकिएन भने व्यापार घाटा बढ्दै जान्छ ।’ उनले भने। 
मुलुकको उत्पादनको, कृषि जमिनको लेखा परिक्षण गराउनुपर्ने बताउँदै उनले अगाडी भने -‘हाम्रोमा उत्पादनको सम्भावना हुदाँहुँदै किन ८ महिनामा ३ अर्बको आयात गर्नू परेको छ । यसको पनि लेखा परिक्षण गर्न पर्ने भएको छ । यो विषयमा मेरो जिम्मेवारी हो । तर हिजो पनि लेखा परिक्षणमा क्रुटी भएको छ कि भने खोज्दै छु । लेखा परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या हुन्छ । त्यसैले लेखा परिक्षण गर्दा अत्यन्त इमानदारिता,जिम्मेवारी भएर काम गर्नू पर्ने हुन्छ । लेखा परिक्षण गर्ने व्यक्ति व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देश र अर्थतन्त्रमा वा समग्र प्रणालीलाई नै असर गर्छ ।’ 
अर्थमन्त्री शर्माले विगतमा लेखा परिक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ ? त्यसको खोजी भईरहेकोसमेत बताए । लेखा परिक्षकहरुले परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउने बताउंदै भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परिक्षण गर्नु पर्नेतर्फ सबैको ध्यानकर्षणसमेत गराए ।
आइक्यानले गरेको सो सम्मेलन २१ गते पनि चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्