Skip to content

आईक्यानले मनायो अन्तराष्ट्रिय लेखा दिवस

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आईक्यान)ले अन्तराष्ट्रिय लेखा दिवस मनाएको छ । आईक्यानले आइतबार (नोभेम्बर १०) अन्तराष्ट्रिय लेखा दिवस मनाएको हो ।

दिवसको अवसरमा आईक्यानले आइतबार बिहानै प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्थाका पार्षद् तथा पूर्वअध्यक्ष, लेखा विद्यार्थी लगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

दिवसलाई विश्वव्यापी रुपमा वित्तीय इमान्दारी, पारदर्शिता र आर्थिक प्रगतिमा एकाउन्टेन्टहरुको अपरिहार्य भूमिकाका रुपमा मनाइएको आईक्यानले जनाएको छ ।

सोही अवसरमा आईक्यानले संस्थागत रूपमा, आफ्ना सदस्यहरूलाई समर्थन गर्न र पेशालाई उच्चतम विशेषता र नैतिक अभ्यासका मानकहरूमार्फत अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।