Skip to content

‘एक्यान फुट्सल टुर्नामेन्ट २०७९’को उपाधि एक्यान सेन्ट्रल काठमाडौंले हात पार्यो

  • सिए सरोकार सम्बाददाता
पोखरा । पोखरामा सम्पन्न ‘एक्यान फुट्सल टुर्नामेन्ट २०७९’को उपाधि एक्यान सेन्ट्रलले हात पारेको छ । चार्टर्ड एकाउन्टेन्स संघ(एक्यान)कास्कीको आयोजनामा सञ्चालन गरिएको टुर्नामेन्टको फाइनल खेलमा पिकेएफटिआरलाई २ गोलले पछि पार्दै एक्यानले उपाधी हात पारेको हो ।
टुर्नामेन्टको सेमिफाइनल खेलमा एक्यान कास्की, एक्यान चितवन, एक्यान सेन्ट्रल र पिकेएफटिआरबीच खेल भएको थियो । एक्यान कास्की र चितवनलाई पछि पार्दै फाइनलमा पुगेको पिकेएफटिआरलाई एक्यान सेन्ट्रलले दुई गोल गर्दै जित हासिल गरेको हो । गण्डकी प्रदेशका कानुनमन्त्री बिन्दुकुमार थापाद्धार उद्घाटन गरिएको थियो भने समापनमा पुरस्कार वितरण पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए ।
खेलमा जित हासिल गरेको एक्यान सेन्ट्रलले १ लाख रुपैयाँसहित नगद मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने फस्र्ट रनर अपलाई ६० हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । त्यस्तै खेलमा हाइयेस्ट स्कोरको उपाधी एकानका सन्दिप कुमार फुँयालले पाएका भने बेस्ट गोलकिपर एक्यान सेन्ट्रलका शैलेस कट्टेलले पाएका छन् । खेलको बेस्ट प्लेयर उपाधि एक्यान सेन्ट्रलका सुशान नगरकोटीले हात पारेका छन् ।
खेल समुहका ९ मध्ये पिकेएफटिआरका म्यानेजर तिर्थराज अर्यालले बेस्ट म्यानेजरको उपाधि हात पारे । बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट गोलकिपर, टप स्कोर र बेस्ट म्यानेजर पाँचै जनालाई नगद ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।