Skip to content

नेपाली चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र शर्माले जिते अष्ट्रेलियामा ५० हजार डलर

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । सर्वाधिक धनराशीको ‘मिलेनियर हट सिट’मा नेपालीले प्रवेश पाएका छन् । अष्ट्रेलियाको नाइन टिभि च्यानलबाट प्रशारण हुने टेलिभिजन शो ‘मिलेनियर हट सिट’मा स्याङ्झाका दिपेन्द्र शर्मा पौडेलले प्रवेश पाएका हुन् । पौडेलले शोका विभिन्न चरणहरु पार गर्दै मेलबर्गमा सुटिङ भएको ‘मिलेनियर हट सिट’मा प्रवेश गरेका हुन् ।
पौडेल चोइस कलेजका सीईओ हुन् । अध्यननका लागि सन् २००८ मा सिड्नी पुगेका पौडेलले सिड्नी कलेजमा एक दशकभन्दा बढी एकेडेमिक हेडका रुपमा काम गरेका थिए । त्यसप्रश्चात एनएसडब्लु राज्यको प्राविधिक शिक्षाका लागि बिशेष कलेज टेफमा कार्य गरे । ‘मिलेनियर हट सिट’मा प्रवेश गर्ने भाग्यमानी नेपालीका रुपमा रहेका पौडेलले उक्त शो बाट ५० हजार डलर जितेका छन् ।
‘मिलेनियर हट सिट’मा प्रवेश गर्न पाउनु आफ्नो सौभाग्य रहेको पौडेलले बताएका छन् । ‘हट सिट’मा प्रवेश पाउनु नेपाल चिनाउनका लागि पनि सुनौलो अवसर रहेको उनले बताएका छन् । सिटमा उनीसँगै उनकी जीवनसाथी सुनिता (लक्ष्मी) पाठक पनि थिईन् । पौडेल चार्टर्ड एकाउन्टेन्ट र सिपिए पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।