Skip to content

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ११ जना चार्टर्ड एकाउन्टेन्ट, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । बैंकले १ वर्षे करार सेवा अवधिको लागि ११ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशन भएको मितिले ८ दिन भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।
अन्तर्वार्ताको माध्यमबाट उम्मेदवार छनौट गरिने र नियुक्त हुने करार चार्टर्ड एकाउन्टेन्टलाई बैंकका विभिन्न विभाग तथा कार्यालयहरूमा पदस्थापन गरिने बैंकले जनाएको छ ।
दरखास्त फाराम बैंकको वेबसाइट वा बैंकको केन्द्रीय कार्यालय मानव संसाधन विभागबाट प्राप्त गर्न सकिने र परीक्षा दस्तुर सात सय रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकका अनुसार बैंकको केन्द्रीय कार्यालय भवन सिंहदरबारमा अन्तर्वार्ता सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।