Skip to content

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा सिए शिवनाथ पाण्डे नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट शिवनाथ पाण्डे नियुक्त भएका छन् ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफको सीईओ पदमा पाण्डे नियुक्त भएका हुन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफको नामबाट चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
यसअघि भने उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए ।नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट पाण्डे अवकास भएका थिए । चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव छ । उनी २० बर्षदेखि व्यवस्थापकीय पदमा थिए ।
३० बर्षे कार्यकालका कारण अवकाश भएका पाण्डे डेपुटी गभर्नरका लागि प्रत्यासी थिए । अन्तिम समयमा आएर उनको नियुक्ति रोकिएको थियो । नियमन र सुपरिवेक्षकीय व्यवस्थापनमा दक्ष मानिएका पाण्डे पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।