Skip to content

भ्रष्टाचार मुद्धामा चूडामणि शर्मासहित चार्टड एकाउण्टेन्टद्वय ढकाल र महत दोषी ठहर, कम्तीमा ३ बर्ष जेल सजाय हुने !

  • सिए सरोकार सम्वाददाता
काठमाडौँ । कर फर्छ्योट आयोगमा बसेर राज्यलाई हानी हुनेगरी, भ्रष्टाचार गरी विभिन्न कम्पनीहरुलाई कर छुट दिएको अभियोगमा चलेको मुद्धामा चूडामणि शर्मा सहित तीन जनालाई दोषी ठहर भएका छन् । शर्मासँगै चार्टड एकाउन्टेण्ट उमेश ढकाल र एलडी महत दोषी ठहर भएका हुन् ।
यद्यपी उनीहरुलाई सजाय तोकिसकिएको भने छैन । सजाय निर्धारणका लागि जेठ २५ गते पेशी तोकिएको विशेष अदालतले जनाएको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले शर्मालाई दोषी ठहर गरेको हो । २०७४ साउन १ गते दर्ता भएको मुद्दामा आज फैसला आएको हो।
सरकारले २०७१ सालमा कर फर्स्योट गर्न आयोग गठन गरेको थियो । त्यसमा चार्टर्ड एकाउन्टेन्ड लुम्बध्वज महत संयोजक थिए भने उमेश ढकाल सदस्य थिए । त्यस्तै, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा आयोगका सदस्य सचिव थिए ।
त्यतिवेला कर फर्स्योट आयोगका पदाधिकारीले राजस्व चुहावट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।