Skip to content

सिए विद्यार्थी बालचन्द्र कोठाबाटै बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । सिए विद्यार्थी बालचन्द्र खनाल कोठाबाटै बेपत्ता भएका छन् । काठमाडौँको बागबजारस्थित रहको एओसी कलेजमा सिए पढिरहेका नुवाकोटका बालचन्द्र खनाल कोठाबाटै बेपत्ता भएका हुन् । उनी हराएको २ महिना हुनै लाग्दा उसको परिवारले खोजी गर्नको लागि आग्रह गरेका छन् ।
गत वैशाख १५ गते राति आफूलाई नखोज्न अनुरोध गर्दै आफ्ना परिवारका लागि पत्र लेखेर बालचन्द्र खनाल वेपत्ता भएका थिए । उनका पारिवारिक स्रोतका अनुसार बालचन्द्रले समाजको बढ्दो विकृतिप्रति चरम बितृष्णा व्यक्त गरेका छन् । साथै आफू आध्यात्मिक बन्ने भन्दै शान्तसँग बाँच्न चाहेको पनि सोही पत्रमा उल्लेख गरेका छन् ।
तादी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भै काठमाडौँको तारकेश्वर नगरपालिकाको शेषमतिमा भाडामा बस्दै आएका २३ वर्षका बालचन्द्र अन्दाजी ५ फिट र ७ इन्च उचाइको र गहुँगोरो रहेका छन् ।
परिवारका सदस्यले बालचन्द्र देख्न जोहोकोहीले परिवारका सदस्यहरू लक्ष्मण खनाल र जयराम अधिकारीको नम्बरमा सम्पर्क गरेर जानकारी दिन सकिने बताएका छन् । लक्ष्मण खनालको मोबाइल नम्बर ९८६१६९११८७ र जयराम अधिकारीको मोबाइल नम्बर ९८४०००२५८५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।