
- सिए सरोकार सम्वाददाता
आईक्यानले आर्थिक वर्ष २०७८/८९ म प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले विभिन्न ४ विधा बैंकिङ क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु), शक्ति र उर्जा, निर्माण क्षेत्रमा प्रस्तुत गरेको अवार्डमा वाणिज्य बैंकहरुमध्ये सिद्धार्थ बैंकले बैकिङ क्षेत्र विधाको सवोत्कृष्ट पुरस्कार प्राप्त गरेको हो ।
उक्त अवार्ड कार्यक्रमका प्रमुख अथिति अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई प्रदान गरेका हुन् ।
त्यस्तै, सोही विधा अन्तर्गत नबिल बैंक लिमिटेड ‘सिल्भर अवार्ड’ बाट सम्मानित भएको छ भने नेपाल एसबिआई बैंक ‘ब्रोन्ज अवार्ड’ र माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ ।
प्रतिक्रिया दिनुहोस्