Skip to content

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघको अत्याधुनिक कार्यालयको उद्घाटन

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)को नवनिर्मित कार्यालयको शुभारम्भ भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का अध्यक्ष सुजन कुमार काफ्लेले एक कार्यक्रमका बीच सो कार्यालयको शुभारम्भ गरेका हुन् । नयाँ बर्षको अवसरमा आयोजित एक कार्यक्रमका बीच सो कार्यालयको उद्घाटन भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै संघका दीपक पाण्डेले संघको अत्याधुनिक कार्यालय निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । नयाँ कार्यालय सबै सिएहरुको ‘मिटिङ हब’ हुने विश्वास व्यक्त गर्दै उनले सो कार्यालयमा विभिन्न कामले काठमाडौँ आईपुगेका सिएहरु बसेर आफ्नो काम गर्न सक्ने व्यवस्था मिलाइएकोसमेत जानकारी दिएका थिए ।
कार्यक्रममा बरिष्ट चार्टर्ड एकाउन्टेन्टहरुले नवनिर्मित कार्यलयले थप उर्जा दिएको बताएका थिए । हेर्नुहोस् नयाँ बर्षको अवसरमा गरिएको संघको कार्यालय उद्घाटनका केहि खास झलक:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।