Skip to content

सिएका चुनौती, अवसर र भविष्यका बारेमा छलफल कार्यक्रम सम्पन्न (तस्विरहरु)

सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान) ले ‘नेपालमा उदीयमान चार्टर्ड एकाउन्टेन्ट व्यवसायीहरूका लागि चुनौती, अवसर र भविष्यका सम्भावनाहरू’ कार्यक्रम सम्पन्न गरेको छ। एक्यानले चैत २२ गते एक्यानको कार्यालय बबरमहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा नेपालमा उदीयमान चार्टर्ड एकाउन्टेन्ट व्यवसायीहरूका लागि चुनौती, अवसर र भविष्यका सम्भावनाहरूका विषयमा छलफल भएको थियो ।
योसँगै कार्यक्रममा नेपालमा सिए व्यवसायीहरूका लागि विकसित चुनौतीहरू, अभ्यास फर्महरूका लागि उदीयमान अवसरहरू, दिगो वृद्धि र व्यावसायिक सफलताका लागि रणनीतिहरू तथा गतिशील वित्तीय परिदृश्यमा भविष्यका सम्भावनाहरूकाबारेमासमेत छलफल भएको थियो।
उक्त कार्यक्रममा गेस्टका रुपमा आइक्यान काउन्सिल मेम्बर सिए आनन्द शर्मा र एक्यानका प्रेसिडेन्ट सिए अरुण राउत थिए भने वक्ताका रुपमा आइक्यान काउन्सिल मेम्बर सिए उमेश राज पाण्डे र अभ्यासकर्ता सिए सुनिल बुढाथोकी थिए । यता कार्यक्रमका संयोजक भने सुनिल अर्याल थिए। बाँकी तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।