Skip to content

आइक्यान चुनाव विशेषः एक्यान भक्तपुरको आयोजनामा आज ‘नो योर क्यान्डीडेट्स’ कार्यक्रम आयोजना हुँदै 

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को चुनाव नजिकिँदै गर्दा चुनावका उम्मेदवार र मतदाताबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने भएको छ ।

आज (शुक्रबार) भक्तपुरस्थित जर्मन होम्समा दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म सो कार्यक्रम आयोजना हुनेछ ।

एक्यान भक्तपुरका अध्यक्ष सिए थानेश्वर बस्यालका अनुसार दिउँसो ३ बजे सो कार्यक्रम सुरु हुनेछ भने बेलुकी ६ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । त्यसपछि रात्रिभोज हुनेछ ।

कार्यक्रममा सिए सरोकार डटकम मिडिया पार्टनरका रुपमा सहभागी छ । सो कार्यक्रमपछि सिए सरोकार डटकममासमेत आइक्यान चुनाव विशेष शृङ्खला सुरु हुँदैछ । आइक्यानको चुनाव यही चैत्र २५ गते काठमाडौँको स्काई दरबार बैङ्क्वेटमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।