Skip to content

एक्यानको नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम नै भव्य, आर्थिक विधेयक २०८१ मा गहन छलफल

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को आयोजनामा आर्थिक विधेयक २०८१ को प्रभावबारे विशेष बहस सम्पन्न भएको छ । जेठ २१ गते (सोमबार) ललितपुरको होटल हिमालयमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम एक्यानको नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम हो । नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यक्रम भए पनि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा सिए सुदर्शन राज पाण्डे, सिए प्रविण राज काफ्ले, सिए निकिता अग्रवाल, सिए शेषमणि दाहाल र अभिवक्ता महेश कुमार थापाबीचमा प्यानल डिस्कसन भएको थियो । डिस्कसनका क्रममा उनीहरुले आर्थिक विधेयक २०८१ र त्यसको प्रभावका बारेमा गहन छलफल तथा विमर्श गरेका थिए ।

त्यस्तै, कार्यक्रममा सहभागिहरुले पनि छलफलमा उत्साहजनक सहभागिता जनाएका थिए । उक्त कार्यक्रम सिए सरोकार, अर्थ सरोकार र संघको आधिकारिक फेसबुक पेजमार्फत लाइभ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।