Skip to content

चार्टर्ड एकाउन्टेन्ड भानुभक्त कणेल हिरासतमा

सुरज प्याकुरेल 
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रजिष्ट्रार कार्यालयका निर्देशक र एक जना चार्टर्ड एकाउन्टेन्टलाई हिरासतमा लिएको छ । 
CHITWAN MEDICAL COLLEGE का सञ्चालकसँग २० लाख खुस लिएको भन्दै चार्टर्ड एकाउन्टेन्ड भानुभक्त कणेल र कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक लालबाबु कवारीलाई अख्तियारले बुधबार हिरासतमा लिएको हो। उनीहरुसँगै शिव श्रेष्ठ, विन्दु शर्मा र आविद अलिलाई पनि हिरासतमा लिइएको छ । 
कणेललाई चितवन मेडिकल कलेजको आर्थिक अनियमितता बारे निरीक्षण प्रतिवेदन तयार पार्न नियुक्त गरेको थियो।चितवन मेडिकल कलेजमा आर्थिक अनियमितता भएको उजुरी परेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले छानविनका लागि कँडेललाई परामर्शदाता नियुक्त गरेको थियो । 
मेडिकल कलेजको आर्थिक स्थितिबारे छानविनका लागि परामर्शदाताको नियुक्तिका लागि कम्पनी रजिष्ट्रार कार्यालयले विज्ञापन नै आह्वान गरेको थियो । सो विज्ञापन अनुसार अनामनगरको भानु एसोसिएटका कँडेल परामर्शदातामा नियुक्त भएका थिए ।
प्रकाशित मिति : २०७० भाद्र २८

प्रतिक्रिया दिनुहोस्