Skip to content

भानु कंडेल प्रकरण लाई कुनै पनि तरिकाले ACAN सँग जोड्न मिल्दैन: नबराज बुर्लाकोटि

भानु कंडेल प्रकरण लाई कुनै पनि तरिकाले ACAN सँग जोड्न मिल्दैन: नबराज बुर्लाकोटि
ICAN का पूर्व अध्यक्ष बि. के अग्रवाल र ACAN का उपाध्यक्ष भानु कंडेल अख्तियार को निसानामा परीरहदा बिभिन्न ठाउँ बाट बिभिन्न खालको प्रतिकृया आएको छ ।
ICAN का पूर्व अध्यक्ष  हिरासतमा परीरहदा उनको चौतर्फी आलोचना भाईरहेको छ भने अनुसन्धान मा दोसी ठहरिये कारबाही गर्नु पर्ने धेरैको ठम्याइ छ ।यता ACAN का उपाध्यक्ष भानु कंडेल २० लाख को घुस प्रकारण मा परीरहदा ACAN का अध्यक्ष नबराज बुर्लाकोटिले भने भानु कंडेल को ब्यक्तिगत कुरा भएकाले यो प्रकरण लाई कुनै पनि तरिकाले ACAN सँग जोड्न नमिल्ने बताउनुभएको छ । 
सिए सरोकार का सम्बाददाता सुरज प्याकुरेल सँग टेलेफोन मा कुरा गर्दै बुर्लाकोटिले आफुले पनि पत्रीका पढेकै भरमा घुस प्रकरण का बारेमा थाहा पाएकाले घटना को सम्पूर्ण तथ्य बाहिर न आउन्जेल केही भन्न नसकिने बताउनुभएको छ । यध्यपी उहाले दोशी ठहरिये जो कोहिलाई पनि कारबाही हुनु पर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्