इन्ष्टिच्युट अफ एकाउण्टेण्ट (एमआईए)बीच हालै भएको द्विपक्षीय समझदारीले
आईक्यानलाई कस्तो फाइदा पुर्याउने देख्नुहुन्छ ?
पहलमा एमआईएसँग दुईपक्षीय हितका लागि समझदारी भएको हो । ३ वर्षका लागि
कायम यो समझदारीले आईक्यान र एमआईएबीच आपसी हितका लागि सहयोगहरू
आदान–प्रदान गर्ने वातावरण बनेको छ । हामीले उत्पादन गरेका सीएले पनि
मलेसियालगायत अन्य देशको मान्यता पाउने वातावरण बन्दै गएको छ । यसपछि अब
हामी एशोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउण्टेण्ट (एसीसीए)सँग यस्तै
समझदारी कायम गर्ने सोचमा छौं । यसअघि नै द इन्ष्टिच्युट अफ चार्टर्ड
एकाउण्टेण्ट्स अफ इण्डिया (आईसीएआई)सँग सन् १९९८ मा र २००४ मा हामीले
प्राविधिक सहयोगसम्बन्धी समझदारी कायम गरेका थियौं । एमआईएसँगको समझदारीको
अवधि ३ वर्ष थपिन पनि सक्छ र नथपिए पनि रिकग्निशनका लागि हामीले अर्को
समझदारी गर्न सक्छौं । सार्क मुलुकबाहिरका मुलुकसँग भने यो नै पहिलो
समझदारी हो ।
अध्ययन गर्ने अधिकांश विद्यार्थी अनुत्तीर्ण हुने समस्या पनि उत्तिकै छ ।
अनुत्तीर्णदर कम गर्न आईक्यानको तयारी कस्तो छ ?
![]() |
परमानन्द अधिकारी प्राविधिक निर्देशक, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान) |
आईक्यानअन्तर्गत
सीए अध्ययन गर्ने विद्यार्थीको उत्तीर्णदर कमजोर छ भन्ने मलाई लाग्दैन ।
विश्वविद्यालयको प्राविधिकबाहेकका सैद्धान्तिक विषयमै पनि निकै कम प्रतिशत
विद्यार्थी उत्तीर्ण भएको हामीले देखेका छौं । एसएलसी परीक्षामा
विद्यार्थीको उत्तीर्णदर पनि ५० प्रतिशतकै हाराहारीमा छ । तर, आईक्यानको
क्याप वानमा ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।
त्यस्तै, क्याप टूमा ३० देखि ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भइरहेका छन् ।
प्राविधिक विषय भएकोले पनि उत्तीर्ण प्रतिशत यस्तो देखिएको हो । तर,
तेस्रो वा अन्तिम तहमा अधिकांश विद्यार्थी आर्टिकलशिपमा लाग्छन् । उनीहरूले
काम गर्दै पढ्नुपर्ने हुन्छ । काम गर्ने क्रममा अधिकांश विद्यार्थीले
आर्थिक आम्दानी पनि गर्न थालेका हुन्छन् । त्यसैले कामको अवसर आएपछि पढाइमा
पहिलेजति ध्यान पु¥याउन नसक्ने कारण पनि अन्तिम तहमा भने उत्तीर्ण प्रतिशत
२० देखि २५ प्रतिशत हुन आएको हो ।
आईक्यानअन्तर्गतका कोचिङ सेण्टरहरूको शुल्क र शैक्षिक गुणस्तर नियमनमा आईक्यानले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको हो ?
विद्यार्थीलाई कोचिङ शुल्क यति नै लिनुपर्छ भनेर हामीले तोकेका छैनौं ।
किनभने, कोचिङ सेण्टरहरूबीच नै प्रतिस्पर्धा छ । विद्यार्थीले शुल्क
शैक्षिक गुणस्तर सबै कुरा बुझेर त्यस्ता संस्थाहरूमा पढ्न जाने हो भने
बजारले नै शुल्क सन्तुलनमा राख्छ । यदि यस्ता संस्थाहरू मिलेर शुल्कमा
कार्टेलिङ गरेको वा त्यस्तो अवैध काम गरेको पाइए वा आवश्यक परे संस्थाले
शुल्क निर्धारण गर्ने, शैक्षिक गुणस्तरको अनुगमन तीव्र पार्ने कामहरू गर्न
सक्छ । हामीले सम्बन्धन दिने बेलामा नै यस्ता संस्थाहरूको भौतिक र शैक्षिक
पूर्वाधारलगायत पक्षहरू जाँच गरेका हुन्छौं । आगामी दिनमा निश्चय नै अनुगमन
प्रभावकारी बनाइनेछ ।
सीएको सिलेबस परिमार्जन गर्न लागेको छ । शैक्षिक सामग्रीको विकास र
विस्तार गर्दै छौं । आईक्यानका सदस्यहरूको क्षमता अभिवृद्धि गर्नेतर्फ
अग्रसर छौं । अन्तरराष्ट्रिय लेखा प्रणाली राख्नुपर्ने चुनौती छ । त्यस्तै,
आईक्यानमा विद्यार्थी बढ्दै गएकाले आगामी दिनमा आफ्ना विद्यार्थीका लागि
बजारको अवसर बढाउनु पनि आईक्यानसामु चुनौतीको रू पमा रहेको छ ।
सीए धेरै महँगो कोर्स हो, यो उच्च आर्थिक हैसियतकाले मात्रै पढ्न सक्छन्
भन्ने मान्यता थियो । तर, हाल सीएमा मध्यम तथा निम्नमध्यम आर्थिक अवस्थाका
विद्यार्थीले पनि पढ्न सक्ने भएको छ । हिजो सीएलाई एउटा पेशाको रूपमा
मात्रै हेरिन्थ्यो भने आज यसलाई प्रतिष्ठित, उपयुक्त र सस्तो शैक्षिक
विकल्पको रूपमा पनि हेरिन थालेको छ । त्यस्तै, साइन्स, इञ्जिनीयरिङजस्ता
विषय पढेर सफल हुन नसकेका वा अवसरबाट वञ्चित विद्यार्थीहरू पनि सीए पढ्न
थालेका छन् । परिवारका एकजना विद्यार्थीले सीए पढेर उत्तीर्ण भए उसले
परिवारकै आयस्तर वृद्धि गरी परिवारकै आर्थिक अवस्था राम्रो गर्न सक्छ ।
उसको व्यक्तित्व नै उच्च हुन्छ । सबैभन्दा महŒवपूर्ण त नेपालमा मात्रै
होइन, अन्तरराष्ट्रिय बजारमा पनि सीएको माग उच्च छ । आईक्यानले सीए अध्ययन
गर्ने विद्यार्थीलाई विभिन्न प्रकारको छात्रवृत्तिसमेत दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्