Skip to content

आइ.सि.ए.आइ को नेपाल मा हुने भनिएको परिक्षा सर्यो | आइ.सि.ए.आइले सिए सरोकार लाई धन्यवाद दियो

आइ.सि.ए.आइले मङ्सिर ४ मा गर्ने भनेको (CA FINAL/ DIRECT TAX LAWS / PAPER 7) परिक्षा सारेको छ । १९ नोवेम्बर मा परिक्षा हुने भनिएकोमा नेपालमा संबिधान सभा निर्वाचन का कारण उक्त परिक्षा २३ नोवेम्बर मा गरिने भएको छ । आइ सि ए आइ ले आफ्नो वेब साईट मा सो सुचना प्रकासित गरिसकेको छ । २३ नोवेम्बर का दिन दिउसो २ बजे देखी साझ ५ बजे सम्म परिक्षा सन्चालन गर्ने आइ सि ए आइ ले जनाएको छ ।
यता परिक्षा तालिका र   संबिधान सभाको दिन जुध्न गएको जानकारी दिएर आफुलाई सहयोग गरेको भन्दै आइ सि ए आइ ले सिए सरोकार लाई धन्यवाद दिएको छ । सगरमाथा टेलिभिजन मा प्रसारित समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताउदै आइ.सि.ए.आइ ले समाचारमा भनिएजस्तो आफ्नो नेपाल प्रती कुनै नकारत्मक दृष्‍टिकोण नभएको समेत स्पस्ट पारेको छ । यस अघी सिए सरोकारले संबिधान सभाको दिन परिक्षा हुनु भारत को नेपाल प्रतिको हेपाहा प्रब्रिती भन्दै समाचार सम्प्रेसण गरेको थियो । सिए सरोकार लाई मेल पठाउदै सुचना ढिलो आउन गएकोमा आइ.सि.ए.आइले आत्माअलोचना सेमत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।