Skip to content

खुमा अर्याल संबिधानसभाको निर्वाचनमा उमेद्वार

खुमा प्रशाद अर्याल
अर्याल एण्ड अर्याल असोसिएट्सका पूर्व प्रोप्राइटर बरीस्ट चार्टड एकाउन्टेन्ट खुमा प्रसाद अर्याल संबिधानसभाको निर्वाचनमा समानुपातिकबाट उमेद्वार हुनुभएको खबर आएको छ । स्याङ्जा क्षत्र नम्बर २ बाट नेपाली कांग्रेस को समानुपातिकतर्फ प्रतिनिधित्व गर्नु भएका अर्याल पछील्लो समय राजनीतिक परीद्रिश्यमा निकै चर्चित हुनुहुन्छ । यसै बिच खुमा प्रसाद अर्यालले संबिधान निर्माण सफल पार्न रुख चिन्नमा मतदान गरी सहयोग गर्नुहुन सबै माझ आग्रह गर्नुभएको छ । बिभिन्न ठाउका सभालाई सम्बोधन गर्दै उहाले बिगत लामो समय देखी नेपाली राजनीतिमा नेपाली कांग्रेसले  जनताको  साथ पाएको र जनतालाई पनि साथ दिएको भन्दै यसपाली पनि कांग्रेसलाई साथ दिन अनुरोध गर्नुभएको छ । खुमा प्रसाद अर्यालले नेपाली चार्टड  एकाउन्टेन्सीको क्षत्रमा पनि बिगत लामो समय देखी योगदान दिदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्