“आइक्यानले गर्यो गम्भिर गल्ती ” सिर्शकको समाचार casarokar.com मा पढिसके पछी केही लेख्न मन लाग्यो । परिक्षामा म समेत सामेल भएको हुँदा प्रश्नपत्र कुन ढाचामा थियो भन्ने मैले राम्रो सँग हेरेको छु र तपाईं हरुले पनि हेर्नु भएकै होला । जो बिधार्थिले प्रश्न छुटेको प्रश्नपत्रमा परिक्षा दिनु भयो उहाले प्रश्न नम्बर ४ को REUIREMENT के का आधारमा पुरा गर्नु भयो त, जब कि त्यो REUIREMENT पनि त्यही छुटेको प्रश्न पत्रमा थियो । मैले आइक्यानको यो मानेमा गल्ती छैन भनेको होइन तर बिधार्थी सचेत हुनु पर्थ्यो । त्यसैले यो घटना मा पहिलो गल्ती बिधार्थी बाट भएको छ । भलै उसलाई अन्याय भएको हो त्यसको जबाफ उसले परिक्षा हलमै माग्नु पर्थ्यो । परिक्षामा बसेको एउटा बिधार्थिले आफुले पाएको प्रश्न पत्र हेर्नु पर्थ्यो । त्यसरी परिक्षा सकिएपछी गुनासो पोख्नुको कुनै औचित्य नहुनु पर्थ्यो किनकी ३ घण्टामा नदेखेको कुरा परिक्षा सकिने बितिकै देख्नुलाई जसरी पनि बिश्लेसण गर्न सकिन्छ । अर्को कुरा आइक्यान बाट प्रश्न नभएको प्रश्नपत्र बाढेर एउटा भुल त पक्कै भएको हो तर के परिक्षा सकिएपछी कसैलाई पुन: परिक्षा दिलाउने अधिकार आइक्यानको कुनै नियम मा छ ? आइक्यानका प्रतिनिधिले कहाँ बाट पाये पुन: परिक्षा गराउने अधिकार ? के भोली मैले सुटुक्क प्रश्नपत्र च्यातेर फाले भने र प्रश्न पत्रको पाना नै छैन भने भने आइक्यानले मेरो पुन परिक्षा गराउछ ? बाहिर सामान्य रुपमा आइक्यानको गल्ती देखाएर गरिएको यो कुनै नियोजित घटना त थिएन?
यि प्रश्नको उतर चहिएको छ मलाई । मान्छे बाट गल्ती हुन्छ त्यो स्वोभाबिक गल्ती हो र बिहीवार आइ क्यानको परिक्षा मा भएको यो घटना पनि एक सामान्य STAPLER लगाउने मान्छेले गरेको गल्ती हो । बिधार्थी त्यो बेला शही हुन्थ्यो एदी उसले परिक्षा हल भित्रै यसको समाधान खोजेको भए, तर परिक्षा सकेर बिधार्थी बाहिरिसकेको अवस्थामा फेरी परिक्षा दिन लगाइनुलाई सामान्य रुपमा लिन सकिदैन । STAPLER लाउनेको गल्तीलाई आधार बनाएर परिक्षाको नियम मिच्न पाइदैन भन्ने मेरो आसय हो । आइक्यान ले यो घटना को छानबिन गरोस र सम्पूर्ण कुरा बाहिर आओस । नत्र भोलिका दिनमा कुनै बिधार्थीले घर पुगेर आएर आइक्यानलाई मेरो प्रश्न पत्र छुटेछ भन्यो भने क् गर्छ आइक्यान ले? मलाई यसको जबाफ चाहिएको छ ।
उमेश्वर भण्डारी (क्याप टु का परिक्षार्थी) ले सिए सरोकार लाई पठाएको लेख
प्रतिक्रिया दिनुहोस्