Skip to content

बि.के. अग्रवाल एन्ड कम्पनीमा PEN DOWN

ब्यबस्थापना समुह सँग आफुले राखेको ८ बुदे माग सम्बोधन नभएको भन्दै बि.के अग्रवाल एन्ड कम्पनीका पन्जिक्रित प्रशिक्षार्थी (Article Trainee) हरुले कार्यालयमा आन्दोलनको कार्यक्रम सुरु गरेका छन । आफुले राखेको माग सम्बोधन हुनु पर्ने ठाउमा उल्टै आफुहरुलाई काम छोडेर जान धम्की दिएको भन्दै बिधार्थीहरुले आन्दोलनको कार्यक्रम सुरु गरेका हुन । जस अनुरुप कुनै पनि पनिजिक्रित प्रशिक्षार्थी (Article Trainee) ले देशै भरी काम गर्ने छैनन । आइक्यानका २ जना र आइ.सि.ए.आइका २ जनालाई ब्यबस्थापनाले कार्यालय छोड्ने धम्की दिएको आन्दोलनमा शहभागीहरुले बताएका छन । सिए सरोकार सँग कुराकानी गर्दै आन्दोलनमा उत्रेका बिधार्थीहरुले आफ्नो माग सम्बोधन नभये अझ ससक्त रुपमा अगाडि बढ्ने चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्