Skip to content

COP नबुझाउनेलाई एक्यानबाट बर्खास्त गर्छौ : एक्यान अध्यक्ष भरत रिजाल

SAVE OUR PROFESSION नामक अभियान सुरु गरेको एक्यानले पछील्लो समय केही आफ्नै सदश्यहरुबाट असहयोग भएको भन्दै आक्रमक रुपमा अगाडि बढ्ने भएको छ। सिए सरोकारका सम्बाददाता सुरज प्याकुरेलसँग कुराकानी गर्दै एक्यान अध्यक्ष भरत रिजालले  COP नबुझाउने आफ्ना सदश्यहरुको नाम पत्रीकामा सार्वजनिक गर्ने र त्यसो गर्दा पनि अटेर गरे एक्यानको बिधान अन्तर्गत सदश्यको पदबाट बर्खास्त समेत गर्ने चेतावनी दिनु भएको छ । एक्यान DO OR DIE को स्थितीमा रहेको बताउदै एक्यान अध्यक्ष भरत रिजालले आबस्यक परे जतीलाई फकाएर, तर्शाएर धम्क्याएर वा जुन सुकै अस्त्र प्रयोग गरेर पनि यो आन्दोलन निस्कर्शमा पुर्याउने बताउनु भएको छ ।  यसै बिच सिए सरोकारसँग कुराकानी गर्दै उहाले आइक्यानबाट असहयोग भएको भन्दै यस्तै भईरहे ३१ जनवरीमा हुने आइक्यान दिवस पनि बहिस्कार गर्न सकिने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्