एसोसिएसन अफ चार्ट्ड सर्टीफाइड एकाउन्टेन्ट्स (एसिसिए) ले बिधार्थी तथा ट्युसन प्रदायक संस्थाहरुलाई लछित गर्दै बिभिन्न खाले समिनारको आयोजना गरिरहेको छ । नेपालमा रहेका एसिसियेका ट्युसन प्रदायक
![]() |
||||
सेमिनारमा शाहभागिहरु मध्यका केही… |
संस्था, बिधार्थी तथा शिक्षकहरुको कार्यशैलीलाई उजागर गर्ने उदेश्यले एसिसिएले भिभिन्न खालका सेमिनारको कार्यक्रम बेलाबेलामा आयोजना गरिरहेको एसिसिये स्रोतले बताएको छ । यसै क्रममा हिजो 21 त्रारिखका दिन एसीसियेले नेपालमा रहेका बिभिन्न ट्युसन प्रदायकहरुका लागि एक बिशेष सेमिनारको कार्यक्रम आयोजना गरेको थियो भने आज २८ तारिख का दिन एसिसिये र एसिसिएकाका लागि एनसिये बिषयक एक सेमिनार को कार्यक्रम आयोजना गरिएको छ । बिधार्थिले भोग्ने बिभिन्न खाले समस्यालाई कसरी समाधान गर्ने, बिधार्थीहरुका लागि कसरी बिधार्थी मैत्री बातावरण मिलाउने जस्ता बिषयहरुमा हिजोको कार्यक्रम केन्द्रित थियो भने आजको कार्यक्रममा एसिसियेनै किन र एसिसिएका लागि एनसिएनै किन भन्ने बिषयमा सेमिनारको कार्यक्रम आयोजना गरिएको थियो । आज आयोजित कार्यक्रममा बोल्दै एसिसिएका प्रतिनिधि हबिबा जैदीले एसिसीए एक शही निर्णय हुन सक्ने बताउदै बिधार्थी हरुलाई आफ्नो क्षमता बुझेर एसिसिए पढ्न सल्लाह दिनुभएको छ । साथै उहाले एसिसिएबाट अप्रुभ्ड कलेजमा अध्ययन गर्ने बिधार्थीले एसिसिये बाट थप सहयोग पाउने हुँदा एसिसिएबाट अप्रुभ्ड कलेज हरुमा नै पढ्ने सल्लाह समेत दिनुभएको छ । कार्यक्रममा एनसिएका बारेमा प्रकाश पार्दै एनसिएकि प्रतिनिधि बोनी पाण्डेले एनसिएमै पढ्न सल्लाह दिनु भएको थियो भने एसिसिए सदश्य बाबुराम अधिकारिले आफ्नो एसिसिएको यात्राका बारेमा बोल्नु भएको थियो । यसै बिच एसिसिये र ब्रिटिश कलेजको सम्योजनमा अर्को सेमिनार समेत आयोजना हुने बताइ एको छ । एसिसियेले एनसिए र ब्रिटिश कलेजसँग मिलेर ब्रिटिश कउन्सिलमा सेमिनार आयोजना गरिरहेको छ भने अन्य सेमिनार होटेल रेडिसनमा आयोजना गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्