
“सानै देखी निकै मेधाबी भान्जीले एसएलसिमा ८४ प्रतिसत र प्लस टु मा ७८ प्रतिसत ल्याएकी थीइन । ‘ भान्जीले सिए पढ्ने भने पछी मैले त नेपालमै पढ्नुस् भनेको थिए” उनी भन्छन । दिदी भिनाजुले सबै जिम्मा तेरो भयो भनेर मलाई भान्जीको जिम्मा लगाउनु भएको थियो । भान्जी पढ्ने खर्छ दिदी भिनाजुले नै पठाउने भये पनि गार्हो सार्हो परेको बेलामा आँफैले पनि खर्छ जुटाइ दिएको बताउने केदार केसिले आफ्नी भान्जीले सिएको पहिलो तह नेपाल मै गरेको र आइपिसिसिका लागि भारत गएको बताये । नेपाल मै आइपिसिसि को पढाई हुने थाहा भये पनि भारतमा त्यसको पढाई राम्रो हुने भन्दै उनले भान्जिलाई भारत पठाएका थिए । अझ धेरै जसो बिधार्थी लक्ष्मी नगर जाने भये पनि भान्जी कै सल्लाहमा उनले भान्जीलाई चेन्नै पठाएका थिए । आइ पिसिसिको परिक्षा सकिए पनि आफ्नी भान्जी चेन्नैमै बसेको र पछी भर्खरै आएको आइपिसिसिको नतिजामा फेल भएपछी उनी नेपाल फर्किएको केदार केसीले बताएका छन । ” मैले त हार खाइसके । अब यो कुरा दिदी भिनाजु लाई भनु कि नभनु भाको छ । एक मनले त अब भान्जिले पढ्न सकिन , अब यतै केही पढाउ भन्ने मन लागेको छ, अर्को मन ले अब जे नहुनु भईसक्यो भनेर फेरी उनलाई पढाईमा लाग्न अनुरोध गर्ने मन छ । म उनको मामा भएका कारण ले केही पनि गर्न सक्दिन ।” आफुले केटाको घरमा पनि फोन गरेको बता उदै उनले केटाको घर बाट उल्टै गाली खाएको र उनिहरुको विवाह समेत असम्भब भयेपछी आफ्नी श्रीमती र भान्जीको सल्लहमा गर्वपतन गराएको बताउछन । भान्जी अझै सिए पढ्छु भन्छे, एही बसेर पढि आइपिस सि पास गरेपछी भारतको दिल्ली जाने उनको सोच भएको केदार केसि बताउछन । “तर म उनलाई अब कतै बाहिर पठाउने सोच मा छैन र अरु अभिभावक लाई पनि आफ्नी छोरी हरु भारत मा नपठाउन आग्रह गर्छु,म भारत मा आफ्नी भान्जी सिएे पढ्न पठाएकोले तपाईंको कार्यक्रम को फेस बुक पेज लाइक गरेको छु । त्यहा लेखिएका बिधार्थी निधनका खबरहरुले म सधैं अतालिन्थ्ये । तर आज वाध्य भएर मैले तपाईंलाई आफ्नै भान्जीको समाचार बनाउन आग्रह गरे ताकी अरु अभिभावकले मैले जस्तो पछुताउनु नपरोस ।”उनले आफ्नो वास्तविक नाम नखुलाउन आग्रह गर्दै भने भने ।
प्रतिक्रिया दिनुहोस्