![]() |
सुरज प्याकुरेल प्रधान सम्पादक /सिए सरोकार |
आइसिएआइ सम्बन्धी बिभिन्न छापामा छापिएका खबरहरुलाई जस्ताको तस्तै आफ्नो वेब साईटमा राख्दा बिशेष गरी आसिएआइ अन्तर्गत लक्ष्मीनगरमा बसी अध्ययन गरिरहनु भएका हाम्रा दर्शक/ पाठकहरुले केही नकारात्मक टिप्पणी गर्नु भयो जुन आँफैमा अस्वोभाबिक पनि होइन । आफुले माया गरेर गरिरहेको पेसाप्रती नकारात्मक खबरहरु बाहिरिदा जो कसैलाई पनि चित्त बुझ्दैन र त्यस्तै भयो बिगतका केही दिन । यसै कुरालाई मध्यानजर गर्दै केही स्पष्टिकरणका शब्दहरु राख्ने प्रयास गरेको छु । कृपया यसलाई साकारात्मक रुपमा हेरिदिनु होला ।
केही पाठक हरुले सिए सरोकारलाई ICAN को मुखपत्र वा आइसिएआइको बिरोधएधि भनेर दिनु भएको प्रतिकृया प्रती हाम्रो गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौ । सुरुवातीका दिनहरुमा बिशेष गरी आइक्यान का समाचार हरुलाई प्राथमिकता दिए पनि भारत मा बसी अध्ययन गरिरहनु भएका बिभिन्न बिधार्थीको अनुरोधमा हामीले भारत बसाइको सिए अनुभबलाई पनि कार्यक्रम मा समेट्दै आएका छौ । यसै अनुरुप हातेमालो नेपाली बिधार्थी समुहले गरेका बिभिन्न कृयाकलापलाई हामीले समाचार बनाउदै आएका छौ । हातेमालो नेपाली बिधार्थी समुहले पछीलो पटक गरेका प्राय कार्यक्रमहरुमा पनि हाम्रो उल्लेखनिय उपस्थिती थियो र भबिस्य मा पनि रहनेछ । दुर्भाग्य भन्नु पर्छ भारतबाट आएका केही निधनका खबरहरु बजाउनु हाम्रो बाध्यता थियो । हामी चाहन्थ्यौ यसले धेरैलाई सतर्क बनाओस र केही हदसम्म हामी सफल भयौ पनि । त्यसैले हामीलाई आइसिएआइ बिरोधि भन्ने केही साथीहरुको प्रतिकृयामा हाम्रो आपत्ति छ ।
बिधार्थी निधन, सिए पढ्न यता नआउनु, सिए सपनाका कुरा, र गर्ववती भान्जीका समाचार सम्म आइपुग्दा ति कुनै पनि समाचारका आधिकारिक स्रोत हामी रहेनौ । बिधार्थी निधनको खबर www.ekantipur.com र www.setopati.com बाट सभार गरी अरु खोज गरिएको थियो भने सिए पढ्ने यता नआउनु र सिए सपना का कुरा हामीले कान्तिपुरबाट सभार गरेका थियौ । गर्ववती भान्जीको खबर पनि जनमत साप्ताहिकमा प्रकाशित भएपपछी हामीले त्यसको खोज गरी हाम्रो वेब साईट मा राखेका थियौ । समाचारको सम्बेदनशिलतालाई ध्यानमा राख्दै हामीले त्यसका बिरोधमा आएका हरेक लेखहरुलाई पनि हाम्रो वेब साईटमा प्रकाशित गरिरहेका छौ र गर्छौ पनि ।
आइसिएआइका बिधार्थीहरुलाई RE-ARTICLESHIP* गराउने आइक्यानको तयारी सम्बन्धी समाचारलाई पनि धेरैले चित्त बुझाउनु भएन तर यथार्थ त्यही थियो। हामीले सुसुचित नगराएर अकश्मात यो निर्णय तपाईंले सुन्नु भएको भये स्थिती अझ नराम्रो हुने थियो भन्ने हाम्रो बुझाई छ । तपाईंले समाचारको खुलासा पछी गर्नुभएका कार्यक्रम हरुको पनि हामीले फलोअप गरिरहेका छौ र तपाईंका हरेक पथमा हामी तपाईं सँगै रहने जानकारी पनि गराउन चाहन्छौ । आइसिएआइका समाचारहरु बिशेष गरी देश का ठुला संचार माध्यमले नकारात्मक तरिकाले पस्किरहदा हामी तपाईंका बिरोध र असन्तुस्टिका खबरहरु पस्किरह्यौ । यसको पनि मुल्याङ्कन तपाईं दर्शकहरुले गर्नुहुनेछ भन्ने हाम्रो आश छ ।
हामी सधैं तपाईंको पक्षमा छौ । आइक्यान सँग तपाईंको आत्मियता बढाउन हामी सधैं नै कशरतरत छौ । तपाईंले गर्नुभएका हरेक कार्यक्रमहरुलाई हामी सकारात्मक तरिकाले पस्किने बाचा गर्छौ । र यसै बिचमा कुनै नकारात्मक खबर आए त्यसको बिरोधमा तपाईंका केही प्रतिकृया भये हामीलाई पठाउनु होला । हामी त्यसलाई पनि हाम्रो कार्यक्रममा समाबेश गर्नेछौ । casarokar.com का लागि तपाईंले पठाउनु भएका लेख तथा रचनाको हामी सम्मान गर्दै प्रकाशित गर्नेछौ ।अरु केही सुझाब भये हाम्रा दिल्ली सम्बाददाता ॠषि राम अधिकारिलाई संपर्क गर्नुहोला ।
सुरज प्याकुरेल
प्रधान सम्पादक /सिए सरोकार
प्रतिक्रिया दिनुहोस्