Skip to content

क्याप टु अब ९ महिने | आइटि शुल्क पनि घट्यो

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत CA को  दोश्रो तह क्याप टु अब ९ महिनाको हुने भएको छ । यसैपाली देखी क्याप टु ९ महिने हुने आइक्यानले बताएको छ । यस भन्दा अघी क्याप टु १५ महिने थियो । पुरान ब्याचहरुलाई क्याप टु र क्याप थ्री बिच छ महिना को ग्यापको मार्कामा पारेको आइक्यानले अब भने त्यो ग्याप लाई टुङ्ग्याएको छ । आइक्यानको नयाँ नियम अनुसार अब यसै फेब्रुअरी सम्ममा आइक्यानमा दर्ता हुने बिधार्थीले आउदो डिसेम्बरमा परिक्षा दिन पाउनेछन । समय अबधी घटे पनि पाठ्यक्रम भने उही रहेको आइक्यानले बताएको छ । यसै बिच  आइक्यानले क्याप टु लाई ९ महिने बनायेसङ्गै बिधार्थीहरुले त्यसको स्वागत गरेका छ्न । इक्यानले अब बिधार्थीको हितमा रफ्तारमा काम गर्न लागेको प्रतिकृया दिदै बिधार्थी हरुले यो निर्णय बाट अब चाडै सिएे बन्ने आफ्नो चाहनालाई पुरा गर्न सहयोग पुर्याएको बताएका छन । केही रफ्तारमा पढ्नु पर्ने भये पनि यो निर्णय निकै स्वागतयोग्य भएको बिधार्थी हरुले बताएका छन ।
आइटि शुल्क पनि घट्यो
क्याप टु अन्तर्गत गर्नु पर्ने १०० घन्टे आइटि तालिमलाई पनि घटाताएर अब क्याप टु मा जम्मा ६० घण्टा मात्रैको पाठ्यक्रम बनाएको आइक्यानले आइटि शुल्क पनि ११००० बाट घटाएर क्याप टु का लागि ७५०० बनाएको छ । यध्यपी क्याप थ्री मा बाँकी ४० घन्टे तालिम बिधार्थीले गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।