Skip to content

एक्यानले बबुझायो संकलित सीवोपीको बिबरण | अन्तिम समयमा महेश गुरागाइले निहु खोजे

एक्यानले बबुझायो संकलित सीवोपीको बिबरण  
SAVE OUR PROFESSION  अभियान अन्तर्गत एक्यान र अडानले संकलन गरेका सीवोपीहरु शुक्रबार आइक्यानलाइ बुझाइएको छ।  एक्यानका तर्फबाट सिए  भरत रिजालले संकलित सीवोपीहरुको बिबरण आइक्यानलाइ बुझाउनु  भएको हो।   २ बजे एक कार्यक्रमका बीच एक्यान र अडानले संकलन गरेका सीवोपीहरुको बिबरण बुझाइएको हो।  बिबरण बुझ्दै आफुहरु यस कुरामा सकारात्मक रहेको आइक्यानका तर्फ बाट महेश गुरागाइले बताउनु भएको सिए  भरत रिजालले सिए सरोकारलाइ बाताउनु  भएको छ।  बिसेष गरि एभेरेस्ट इन्सुरंसका अडिटर समातिएपछी एक्यान र अडानले संयुक्त  रुपमा SAVE OUR PROFESSION अभियान सुरु गरेका थिए। आफ्ना विभिन्न आन्दोलनका कार्यक्रम अनुसार आजबाट अडिट सम्बन्धि सबै काम  ठप्प पार्ने सिए  भारत रिजालले बताउनु भयो।  आफ्नो ज्ञापन पत्र महेश गुरागाइलाइ  बुझाइसकेपछि संचारकर्मीहरुसंग कुराकानी गर्दै सिए  भरत रिजालले अडिट सम्बन्धि सबै काम बन्द गरि यो अभियानलाइ सहयोग गर्न समेत सबै सदश्य हरुलाई आग्रह गर्नु भएको छ।  

अन्तिम समयमा महेश गुरागाइले निहु खोजे 
संकलित सीवोपीहरुको बिबरण बुझाउन ठिक २ बजे आइक्यान पुगेका एक्यानका प्रनिधिहरुसंग अन्तिम समयमा आएर पत्रकार अगाडि राखेर कुनै पनि हालतमा आफु विवरण नबुझ्ने भन्दै महेश गुरागाईले  निहु खोजेका छन्।  समाचार संकलनका लागि गएका सिए सरोकारका पत्रकार सुरज प्याकुरेललाइ देख्ने बित्तिकै सिए  भरत रिजाललाइ अर्को कोठामा लगेर महेश गुरागाइले ” सिए सरोकारले दृश्य खिच्ने भए कुनै पनि हालतमा आफु संकलित सीवोपीहरुको बिबरण नबुझ्ने बताएपछि केहिबेर भरत रिजाल र महेश गुरागाइ बीच भना भन भएको थियो। ” यो आइक्यान को घर हो र तपाइँ आइक्यानको मान्छे।  पत्रकारलाइ प्रवेश नदिने भए तपाइँ आफै गएर सुरजजीलाइ भन्नु, म केहि पनि भन्दिन।  यदि तपाइ साचै बिबरण नबुझ्ने हो भने म रिसेप्सनमा गएर पत्र दर्ता गराउछु ” भनि भारत रिजालले भनेपछि केहि बेर माहोल तातिएको भरत रिजालले बताउनुभएको छ।  ” सिए मधुबिर पाण्डे आएर, भाइ तपाईले भिडियो खिच्ने भए  महेशजीले बिबरण बुझ्न मान्नु भएन।  के भएको थाहा पाइहाल्नुन्छ, लेख्नुस तर भिडियो चाहि नाखिचिदिनुस न है !” भनेपछि मात्र मैले आफुहरुलाई दृश्य खिच्न निषेध गरिएको थाहा पाए।”  सिए सरोकारका पत्रकार सुरज प्याकुरेलले भने।  कार्यक्रममा अन्य फोटो पत्रकारले भने प्रवेश पाएका थिए। ” सिए सरोकारलाइ हलबाट हटाउनुस।  नत्र म विवरण बुझ्दिन” भनेर महेश गुरागाइले भनेपछि आइक्यानका एक कर्मचारी, सिए मधुबिर पाण्डे र एक्यानका केहि प्रतिनिधिले बाहिरै बस्न सिए सरोकारका पत्रका हरुलाई अनुरोध गरेका थिए । 
पत्रकार छिर्ने भन्दै महेश गुरागाइले आफै हलको ढोका थुने।  उनी  बिरुद्द पत्रकार महासंघमा उजुरी गरिने।
सिए सरोकारका पत्रकार छिर्न सक्ने भन्दै सिए महेश गुरागाईले सबै जना भित्र पसिसकेपछि आफै ढोका बन्द गर्न आएका थिए।  “उनले भित्र बाट चुकुल समेत लाएको आवाज बाहिर सुनिएको थियो।”  सिए सरोकारका क्यामरा पर्सनले भने।  सामान्यतया आइक्यानका  बैठकहरुमा ढोकाको चुक्कुल लाउने चलन छैन र ढोका बन्द गर्ने काम पनि आइक्यानका कर्मचारीले गर्दथे।  यसैबीच पत्रकार माथि गरिएको यो ब्यबहारले आफु पनि दुखि भएको एक्यानका तर्फबाट सिए भारत रिजालले बताउनु भएको छ।  यसै बीच जनताको सुसुचित हुने अधिकार माथि प्रहार गरेको भन्दै महेश गुरागाई बिरुद्द नेपाल पत्रकार महासंघ र नेपाल आर्थिक पत्रकार मंचमा उजुरी गर्ने सिए सरोकारका पत्रकार सुरज प्याकुरेलले बताउनु भएको छ।  “हामि माथि जुन सौतेनी ब्यबहार गरियो।, त्यो निकै दुखदायी छ।  अब हामि महेशजी बिरुद्द उजुरी गर्छौ ।  सिए सरोकारका पत्रकार सुरज प्याकुरेल ले भन्नुभयो। आइक्यान ले यो घटनाको आआआटंआ आलोचना नगरे भबिस्यमा उनको नेत्रित्वमा हुने कुनै पनि कार्यक्रममा कुनै पत्रकारको पनि उपस्थिति नगराउन पहल गर्ने गरि आफुहरु अगाडी बढ्ने सिए सरोकारले बताएको छ।   

प्रतिक्रिया दिनुहोस्