Skip to content

सिएको परिक्षा दिन गएका तपाईंको छोरा वा छोरी कहाँ छन?

जुन १, आइक्यान अन्तर्गत सिएको सबै तहको
परिक्षा सुरु हुँदै थियो । बिहान ९:३० देखी सुरु हुने परिक्षामा धेरैको डर,
आशा र सपना जोडीएको थियो । कसरी परिक्षामा राम्रो नतिजा ल्याउने भन्ने
चिन्ताले अधिकान्स बिधार्थीलाई पिरोलीरहेको थियो । तर यही भिडमा यस्ता
बिधार्थीहरु पनि भेटिए जो परिक्षा दिने भन्दै ब्रिलियन्ट क्याम्पस त पुगे
तर परिक्षा हल भित्र छिरेनन । परिक्षामा सामेल भएर फेल हुनु अर्को कुरा,
यिनिहरु परिक्षा हल भित्र छिर्न नै आट गरिरहेका थिएनन । यसै क्रममा लगभग
९:१५ बज्दै गर्दा ब्रिलियन्ट क्याम्प्स नजिकै एउटा क्याफेमा यस्तै केही
बिधार्थीहरुको झुण्ड जम्मा भयो र सुरु भयो प्लान ” एक्जाम त दिइएन अब कहाँ
जाने?” एक घण्टासम्म क्याफेमै बस्ने शहमती भएपछी उनीहरुले त्यस्तै गरे ।
कारीब १०:३० बजे उनिहरुको प्लान अनुसार उनिहरु घुम्न गए” पशुपती” । लगभग
१२:१५ भये पछी एक बिधार्थी ले भने” लौ! हाम्रो परिक्षा सकियो । जाउ अब घर
तिर ।”सो हुलमै रहेका एक बिधार्थीले सिए सरोकारलाई एस्तो बताएका हुन ।
काठमाडौं कै बासिन्दा उनी भन्छन,” म त परिक्षा दिन भनेर आएको थिए । तर
लहैलहैमा लागेर म पनि हल छिरिन । पछी प्रश्नपत्र सजिलो आएको देखेर मनमा
चिसो पसेको छ । गल्ती मेरै हो तर के गर्नु अब पछुताउनु को पनि बिकल्प छैन ।
उनी त एक प्रतिनिधि पात्र मात्र हुन । यसरी परिक्षा दिन भन्दै ३०औ को
सन्ख्यामा बिधार्थीहरु काठमान्डौका कु ना कुनामा घुमिरहेका छन । कारण
परिक्षा प्रती को डर र गलत साथी संगत । अभिभावकले यता पनि ध्यान दिने कि?

प्रतिक्रिया दिनुहोस्