Skip to content

आफुलाई सिए वा सिए बिधार्थी बताउने केहि नक्कली फेसबुक अकाउन्टहरु

सामाजिक सन्जाल फेसबुकमा पछिल्लो समय केहि नक्काली फेसबुक अकाउन्टले धेरैलाई दुख दिएका छन ।नेपाल तथा भारतमा रहेका सिए क्षत्र भित्रकै केहि ब्यक्तीहरुले यसरि नक्कली फेसबुक अकाउन्ट बनाउदै धेरैलाई अन्योलमा पारेका छन ।

निर्मल बेल्बासे:एक्यानले सुरु गरेको सेभ आवोर प्रोफेसन अभियान ताका धेरैको मुखमा झुन्डेको नाम हो यो । तर नेपाली सिए क्षत्रमा निर्मल बेल्बासे नाम गरेका कोहि पनि छैनन । एक्यानको आन्दोलनको गोप्य बिरोध गरिरहेका कथित  निर्मल बेल्बासेले पछी आफ्नो एकाउन्टलाई डिएक्टिवेट गरेका थिए भने बेलाबेलामा एक्टिभेट गर्ने गरेका छन । एक गोप्य स्रोतका अनुसार उक्त नक्काली एकाउन्ट बनाउने कथित बेल्बासे नेपालमै कार्यरत चार्टड एकाउन्टेन्ट हुन ।
पाल्देन तामाङ :बिसेशगरी आइक्यानले गरेको बिदेशी सिएहरुलाई अनिवार्य एक बर्षको तालिमको बिरोध गर्न निकै सिपालु रहेका कथित  पाल्देन तामङ पनि नक्कली पाल्देन हुन । उनको एकाउन्टमा पनि कसैको फोटो छैन भने सिए अध्यन गरिरहेका केहि बिधार्थीहरु साथी छन । यो अकाउन्ट पनि कहिले बन्द हुदै कहिले खुल्दै गरेको पाइएको छ  ।
अनिता भन्डारी : पछिल्लो समय गोपाल अग्रवाललाई आइक्यानले क्लिन चिट दिएको खबरहरुमा निकैनै नकारात्मक टिप्पणी गर्ने अनिता भन्डारीको नाममा चलेको एकाउन्ट पनि नक्काली भएको धेरैको गुनासो छ ।

बिसेशगरी सामाजिक सन्जालमा आएका सिए सम्बन्धि समाचारमा यिनिहरुको नकारात्मक टिप्पणी हुने गरेको छ । यि हुन नक्कली अकाउन्टहरु :

प्रतिक्रिया दिनुहोस्