सरकारी निकायमा सिएहरुको भूमिका थप्नुपर्यो :एक्यान
रकम हास्तानातरणका क्रममा एक्यानका प्रतिनिधिहरुले सरकारी निकायमा चार्टड एकाउनटेन्टहरु कम भएको र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने सिएहरु सरकारी निकायमा कम भएकाले त्यस बाट देशलाइ समेत घाटा भएको अबगत गराएको संघका अध्यक्ष रिजालले सिए सरोकारलाइ बताउनु भएको छ । समय अभावका कारण अन्य कुराहरु भने राख्न नपाइएको उहाले जानाकारी दिनुभएको छ ।
औपचारिक पत्र ल्याउनुस , मन्त्रि परिसदद्सम्म कुरा राख्छु : प्रधानमन्त्री
एक्यान प्रतिनिधिहरुको कुरा सुनिसकेपछि प्रधानमन्त्री सुशील कोइरालाले सरकारी निकायमा सिएहरु कम भएको कुरा आफुलाई थाहा नभएको र यस कुरालाई सकेसम्म चाडो सम्बोधन गर्ने बताउनु भएको छ । औपचारिक पत्र सहित यस कुराको जानकारी गराएको खण्डमा आफु यस कुरालाई मन्त्रीपरिषद् सम्म लाने उहाले बाताउनु भएको जानकारी सिए भरत रिजालले सिए सरोकार लाइ दिनु भएको छ । साथै संघका अध्यक्ष रिजालले तिहार लगत्तै एक्यानले औपचारिक रुपमा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्