नेपालमा सिए अध्ययन गरिरहेका सिए बिधार्थीहरुले आज पनि विभिन्न ठाउँमा देउसी खेलेका छन्। आज बिहान आइक्यानका पुर्व अध्यक्ष महेश गुरागाईको घरबाट सुरु भएको देउसी भैलो कार्यक्रम सिए दीपक पाण्डे, सिए नवराज बुर्लाकोटी ,सिए राम चन्द्र खनाल, सिए सुबोध कर्ण, सिए भव नाथ दाहाल लगायतकामा खेली सिए अभय पौडेलको घरको देउसी भैलोसंगै समाप्त भएको थियो। कार्यक्रममा २२ बिधार्थीको सहभागिता थियो। यस अघि सिए बिधार्थीहरुको समुहले भरत रिजाल र अच्युत राज जोशीको घरमा देउसी भैलो कार्यक्रम गरेका थिए। निकै नै रामाइलो माहोलमा सम्पन्न भएको कार्यक्रममा बिधार्थीहरुले निकै नै रमाइला ठट्यौली हरु पनि गरेका थिए। सुरज प्याकुरेलको सब्दमा गीत नै बनाएर प्रस्तुत गरिएको थियो भने अन्य थुप्रै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। बिधार्थीहरुले गाएका देउसी भैलो गीत यस्तो थियो।
औसीको साझमा यो हाम्रो माझमा देउसीरे गाउदैछौ !
झर्को नमानी , रमाइलो ठानी देउसी रे भन्दै छौ !
झिली र मिलि दियो र बत्ति रमाइलो रातमा !
रमाइलो गर्न आएका हामी हजुरको साथमा !
दिन र रात कठिन त्यो पढाइ एकछिनलाइ छोडेर !
रमाइलो गरौ तिहारको बेला बिषय मोडेर !
तिन महिनापछी आजको दिन त परिक्षा हलमा !
देउसीरे भन स्वर मिलाई साथि तिम्रो त्यो बलमा !
बिर्सेर एकछिन पढाइको तनाव रमाइलो गरौ है !
दाजु र भाइ दिदि र बहिनि उल्लाश छरौ है !
आजको राता रुवाउदैन हामीलाई कितावको ठेलीले !
रमाइलो गर्दा आशिष दिन्छिन यी घरकि चेलीले !
रमाइलो गर्छु हजुर को घरमा साचै नै नढाटि!
दक्षिणा पाउने आसा छ हाम्रो TDS नकाटी !
यहाँ मात्र होइन चारी ति दिशा जानु छ घुमेर !
अर्को साला आउछौं फर्केर हामी सफलता चुमेर !
यो घरमा पक्कै लक्ष्मीले सधै बास गर्ने आश गरी !
अर्को साल आउंला उल्लाश बोकी सिए नि पास गरी !
रमाइलो तिहार निधारमा टिका गलामा मालाले !
सफलता चुमुन दिएर खुसि लाला र बालाले !
तन शान्त रहोस मन शान्त बनोस आशिष हाम्रो छ !
सुन्न पाउँ सधै हजुरको खबर सारै नै राम्रो छ !
प्रतिक्रिया दिनुहोस्