Skip to content

बिमोचन भयो सिनर्जीको नयाँ अंक

नेपाल चार्टड एकाउनटेन्टस् बिधार्थी एसोसिएसन एनकासाले बार्षिक रुपमा  प्रकाशन  गर्दै  आएको पत्रिका सिनर्जीको बिमोचन सम्पन्न भएको छ।  कार्तिक १५ गते बबरमहल स्थित साफल्चा हलमा एक कार्यक्रमका बीच सिनर्जीको तेश्रो अंक बिमोचन भएको हो।  नेपाल चार्टड एकाउनटेन्टस्  संस्थाका अध्यक्ष सिए नरेन्द्र भट्टराइ, एक्यानका अध्यक्ष भरत रिजाल , आइक्यानका प्रथम अध्यक्ष के.बि चित्रकार, आइक्यानका काउन्सिल सदश्य सिए अच्युत राज जोशी , एनकासाका निबर्तमान अध्यक्ष शिवराम कटवाल र एनकासाका बर्तमान अध्यक्ष मनोज पौडेल लगायतकाले पुस्तकको बिमोचन गर्नु भएको हो।  एनकासाका अध्यक्ष मनोज पौडेलले दिनुभएको जानकारी अनुसार यो एनका साले प्रकाशन गरेको तेश्रो (आइक्यानले मान्यता दिएपछीको भने दोश्रो ) अंक हो। सुरेश शर्मा प्रधान सम्पादक रहेको उक्त पत्रिकामा सिए सम्बन्धि थुप्रै खुराकहरु प्रकाशित गरिएकोछ। 


के छ सिनर्जीमा ? : सिनर्जी पत्रिकामा विभिन्न सिए तथा सिए बिधार्थीहरुका लेख तथा रचनाहरु समाबेश छन्।  बिसेष गरि अर्थमन्त्री  डा. राम शरण महतको अन्तर्वार्ता, के.बि चित्रकारको अन्तर्वार्ता तथा एन.के शर्माको लेख बिसेष आकर्षणका रुपमा सिनर्जीमा समाबेश गरिएको छ।  साथै अन्य बिधार्थीका लेख तथा रचनाहरुलाई समेत सिनर्जीमा प्राथमिकताका साथ प्रकाशित गरिएको छ। सुन्दर बिज्ञापन कभरेजका साथ प्रकाशन भएको  सिनर्जी लाइ देशका प्रमुख  सिए ट्युसन प्रदायक  संस्थाहरुले प्रायोजन गरेका छन्।  
सिनर्जीका बलिया पक्षहरु : एनकासाले प्रकाशन गरेको सिनर्जीमा केहि खास अन्तर्वार्ताहरु प्रकाशित छन्।  अर्थमन्त्री डा.राम शरण महत  ,के.बि.चित्रकार लगायतका हरुसंग लिईएको अन्तर्वार्ता पढ्न योग्य छन्  भने एन.के.शर्माको लेख पनि पढ्न योग्य छ। साथै बिधार्थीले रचना गरेका थुप्रै लेख तथा रचनाहरु पनि सिनर्जीका खास खुराक रहेका छन्। 
सिनर्जीका कमजोरीहरु :नेपाली रचनाहरुलाइ प्राथमिकता नदिनु सिनर्जीको कमजोरी देखिएको छ। यस अघि नै नेपाली रचनाहरु छाप्ने वा नछाप्ने भन्ने बिषयमा सम्पादक र नेपाली रचना पठाउने रचनाकार बीच कुराकानी भएको थियो। सिनर्जीमा एउटा मात्र नेपाली रचना छापिएको छ। भाषामा असुद्धता सिनर्जीको अर्को कमजोरी हो  । बिसेष गरि प्रकाशित भएको एक मात्र नेपाली रचना  मा निकै नै असुद्ध तरिका  ले प्रकाशन गरिएको छ । अंग्रेजी व्याकरण पनि ठाउठाउमा  गलत प्रयोग गरिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्