केहि महिना अघि बिधार्थीहरुले परिक्षा शुल्क बापत तिर्नु पर्ने रकम एक्कासि बढ्यो। सामाजिक संजालहरुमा त्यसको बिरोध भए पनि संस्थागत रुपमा त्यस बिरुद्ध कसैले पनि आवाज उठाएन। नेपाली सिए बिधार्थीहरुको हक हितमा काम गर्ने बिधार्थी संगठनले समेत त्यस बेला शुल्क वृद्धिलाई लिएर आवाज नउठाएको भन्दै बिधार्थीहरुले समेत गुनासो पोखे। आइक्यानका प्रतिनिधि हरुले बढेको रकम खासै बढी नभएको रटान लगाइरहे। किन यसरि बिधार्थीको शुल्क बारम्बार वृद्धि हुन्छ भन्ने विभिन्न खाले टिका टिप्पणीहरु पनि सुनिए। तर त्यसको खास निचोड केहि पनि निस्किएन र शुल्क बढेको बढ्यै भयो। तर आखिर किन बढ्छ त बिधार्थीको शुल्क ? के बिधार्थीले तिरेको पैसा सहि ठाउँमा उपयोग हुन्छ त ? के बिधार्थीले तिरेको पैसा बिधार्थीकै हक हितमा खर्च हुन्छ त ?
नेपाल चार्टड एकाउन्टेन्स् संस्था (आईक्यान) को मुख्य आयस्रोत भनेकै बिधार्थी र सदश्यहरु हुन्। सदश्यहरु बाट विभिन्न सिर्षकमा र बिधार्थीहरुसंग दर्ता शुल्क, परिक्षा शुल्क, आईटि तालिम शुल्क र विभिन्न खाले जरिवाना शुल्क गरी विभिन्न सिर्षकमा शुल्क उठाउंने गरिन्छ। तर बिधार्थीले तिरेको पैसा अनुसारको सेवा तथा सुबिधाका साथै कितावहरु नपाएको गुनासो बिधार्थीको छ। बिधार्थी दर्ता शुल्कका नाममा आइक्यानले क्याप वान , क्याप टू र क्याप थ्रीका बिधार्थीहरु संग ३० हजार भन्दा बढी शुल्क उठाउँछ। तर त्यस बापत बिधार्थीहरुले मुस्किलले ३ हजारको किताब समेत नपाउने गरेको गुनासो पोख्छन्। यस अलावा आईटि शुल्कका नाममा लिईने रकम पनि बढी भएको उनीहरुको भनाइ छ। आइक्यानले लिने रकम आईसीएआईको तुलनामा निकै बढी भएको तर सेवा सुबिधा र किताब भने आईसीएआईको तुलनामा निकै कम भएको बिधार्थीहरुको भनाइ छ।
यसै क्रममा बिधार्थीहरुको शुल्क बढीरहेका बेला एउटा खास तथ्य बाहिर आएको छ। बिधार्थीले तिर्ने पैसाको दरिलो हिस्सा आइक्यान प्रतिनिधिले गर्ने विदेश भ्रमणमा सकिने गरेको तथ्य बाहिर आएको हो। आफ्नो नाम नबताउने सर्तमा सिए क्षत्रकै एक सरोकारवाला भन्छन्, बर्ष नै पिच्छे आइक्यानका प्रतिनिधिहरुले गर्ने विदेश भ्रमणमा लाखौं पैसा सकिन्छ। त्यति मात्र होइन आइक्यानले आबश्यक भन्दा बढी प्रतिनिधिहरुलाई विदेश पठाएर बिधार्थीहरुमाथि आर्थिक भार पारिरहेको उनको कथन छ। तर विदेशमा विभिन्न सेमिनार तथा कार्यक्रममा उपस्थित भएर नेपाल फर्कदै गर्दा त्यसले आइक्यानलाई दिने योगदान भने निकै कम रहेको उनको दाबि छ। हालै मात्र पनि आइक्यानको एक जम्बू टोलि विदेश भ्रमण सकेर नेपाल फर्किएको स्मरण गर्दै उहाँले बिधार्थी संगठन पनि यसबारे नबोलेकोमा अचम्मित भएको बताउनु भएको छ।
अनाबश्यक खर्च पनि : आइक्यानमा विभिन्न खाले अनाबश्यक खर्चमा पनि बिधार्थीले तिरेको पैसाको दरिलो हिस्सा खर्च हुने गरेको तत्थ्य यस अघि नै बाहिर आएको थियो। केहि समय अघि आइक्यानको भवन २ -२ पटक उद्घाटन गर्दा त्यसको आर्थिक भार पनि बिधार्थीले तिरेको पैसाबाट नै भएको सरोकारवालाहरु बताउंछन्। आइक्यानले विभिन्न खाले कार्यक्रममा पनि अनाबश्यक खर्च गर्ने गरेको सरोकारवाला रुको आरोप छ। आइक्यानले बेला बेलामा गर्ने पार्टीको स्मरण गर्दै सरोकारवाला हरु आफुले सक्ने भन्दा निकै बढी ‘हाइफाई’ गर्ने र त्यसको आर्थीक भार बिधार्थीहरुमा पार्ने आइक्यानको काम निकै नै दुखद भएको बताउंछन् ।
हाल क्याप टू अध्ययन गरिरहेका एक बिधार्थी भन्छन, हामीबाट आइक्यानको भवन बनाउन भनी पैसा उठाइयो तर त्यसको २ – २ पटक उद्घाटन हुँदा पनि हामीलाई सहभागी गराइएन । अनि आइक्यान प्रतिनिधिहरु लाजै नमानी विदेशमा मस्ती गरिरहेको फोटो खिचेर फेसबुकमा हामीलाई नै देखाउँछन्। के त्यसैका लागि हामीले पैसा तिरेका हौँ ? ” उनि मात्र होइन उनि जस्ता धेरै बिधार्थीहरुको भनाइ यस्तै छ। आइक्यानले बेलाबेलामा गर्ने कक्टेल पार्टी सहितको कार्यक्रममा पनि आबश्यक भन्दा बढी खर्च गरी त्यसको आर्थिक भार बिधार्थीहरुलाई परेको बिधार्थीहरुको भनाइ छ। आइक्यानले आइक्यानको स्थापना दिवस लगायत विभिन्न कार्यक्रमहरुमा महँगो खर्चमा निकै भब्य कार्यक्रम गर्ने गरेको स्मरण गर्दै आइक्यानबाट उतिर्ण गरेका एक सिए भन्छन् , कार्यक्रम गर्नु आबश्यक छ तर हैसियत भन्दा माथिको कार्यक्रम गर्ने अनि त्यसको भारचाहिं बिधार्थी तथा सदश्यहरुलाई पार्ने काम नराम्रो भएको उनको भनाइ छ।
चुनावको एजेण्डा बन्दै यो बिषय : आइक्यानको आउँदो काउन्सिलका लागि आगामी वर्ष हुन लागेको चुनावमा आफु यस प्रवृतिको बिरोध गर्दै चुनावका लड्ने केहि सिएहरु बताउँछन्। आगामी चुनावमा उमेद्वारी दिने बताउने एक सिए भन्छन् ,”आगामी काउन्सिलमा पुगेपछि हामी यो बिषयमा मुहुर्त छलफल गर्नेछौं।” आफु काउन्सिलमा पुगेपछी पनि यसखाले भ्रमणमा नजाने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्